जति घाँस दाना र पानी घिचाऊ
धकेल्दै र घोच्दै निमोठेर ठेल
बुढा गोरुले खेत जोत्दैन हेर ।
नजोतेर बाँझो बसेको छ बारी
उसैलाई चिल्लो घसी फेरि नारी
बुढो गोरु पाल्दै छ यो ल्वाँठ माली
अझै खेतमा फल्न सक्दैन बाली
बुढाको रजाइँ र दाइँ अचाक्ली
हली माली गोरु सबै हन्तकाली
सके घाँस, दाना र माटो निखारी
सबैलाई कङ्गागाल पार्दै भिखारी
ससम्मान खोले र पानी पिलाई
चिसो तापमा गोठ राम्रो दिलाई
नबाँधेर गोरु बुढो जोत्न लाग्दा
पनि चूँ नबोल्ने सबै छौँ अनौठा
सके नागी डाँडा चुसे उच्च लेक
निले काँसघारी फुलेको मधेश
तिनै पत्रु गोरुहरु फेरि नार्छौ
असी पारकाबाट नै आस गर्छौँ
पुरा दोष ती गोरुको मात्र हो र ?
तिनै गोरु पाल्ने सबै हौँ दलाल
दलाली नछोड्ने गधातुल्य हामी
बुढा गोरु ढोग्छौँ सधैँ पूज्य ठानी
लक्ष्मीप्रसाद रिजाल
शनिश्चरे बहुमुखी क्याम्पस
नेपाली विभाग