Aamsanchar

सुनचाँदीको भाउमा आज गिरावट

Author Image
मङ्गलवार, पौष १५, २०८२

काठमाडौं – निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको भाउमा आज भारी गिरावट आएको छ। आज सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर