

काठमाडौं – जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदैछ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बिहान ११ बजे प्रतिवेदन बुझ्ने समय तय भएको छ।
आयोगलाई प्रतिवेदन तयार गरी बुझाउन पछिल्लो पटक थपिएको समय आज सकिँदैछ। जेन्जी आन्दोलनपछिको विषम परिस्थितीमा तय भएको प्रतिनिधिसभा निर्वाचन अगाडी नै प्रतिवेदन सार्वजानिक गर्न दबाब रहेपनि निर्वाचन सकेपछि आज मात्रै प्रतिवेदन आयोगले सरकारलाई बुझाउन लागेको हो।

भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई न्यायोचित कारबाहीका लागि सिफारिस गर्न शुशिला कार्कीको नेतृत्वको सरकारले असोज ५ गते आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगको प्रतिवेदन आज बुझेपछि अब बस्ने मन्त्रपरिषदको बैठकले सार्वजानिक गर्नेबारे निर्णय गर्ने बताइएको छ।


