Aamsanchar

एमाले झापाका २४ जनसंगठनका नेताद्वारा संयुक्त वक्तव्य, ओलीको रिहाइको माग

Author Image
आइतवार, चैत १५, २०८२

झापा । नेकपा (एमाले)सँग आबद्ध झापास्थित विभिन्न जनसंगठनका नेताहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेका छन्।

जनसंगठन समन्वय संयन्त्रका संयोजक अनिता कन्दङ्वाको नेतृत्वमा जारी विज्ञप्तिमा विभिन्न २४ वटा जनसंगठनका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्। वक्तव्यमा सरकारको पछिल्लो कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने संकेत देखिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष खेम पोख्रेल, अखिल नेपाल किसान महासंघका अध्यक्ष बिमल निरौला, अखिल नेपाल महिला संघकी अध्यक्ष लिला दाहाल, अनेरास्ववियुका अध्यक्ष मदन ओली, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष फुर्वा लामा, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष डा. कुमार सुवेदी लगायत रहेका छन्।

त्यस्तै, नेपाल खेलकूद महासंघ (नेकोस)का अध्यक्ष रबिन खरेल, लोकतान्त्रिक आदिवासी–जनजाति महासंघका अध्यक्ष बिरेन राजवंशी, पेशागत महासंघ नेपालका अध्यक्ष तुलसी भण्डारी, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष तिलक गजमेर, नेपाल मुस्लिम ईत्तेहाद संगठनका अध्यक्ष जलाल अली, प्रेस चौतारी नेपालका अध्यक्ष प्रदिप परियारले पनि वक्तव्यमा समर्थन जनाएका छन्।

यसैगरी, भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष गोलसिंह ताजपुरिया, लोकतान्त्रिक अपाङ्ग संगठनका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र आचार्य, प्रगतिशील पेशागत कानून व्यवसायी संगठनका अध्यक्ष चित्र मगर, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष मुकुन्द भट्टराई पनि हस्ताक्षरकर्तामा छन्।

उद्योग तथा व्यवसाय महासंघका अध्यक्ष पर्वत कार्की, प्रोग्रेसिभ इन्जिनीयर्स एशोसिएसन नेपालका अध्यक्ष विक्रम घिमिरे, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष अर्जुन पाठक, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष भरत खतिवडा, रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष भानुभक्त चुडाल र अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघका अध्यक्ष रबिन गुप्ताले समेत संयुक्त वक्तव्यमा ऐक्यबद्धता जनाएका छन्।

उक्त संयुक्त वक्तव्यमा पूर्वप्रधानमन्त्री ओलीसहित पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै, यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्ने भन्दै आन्दोलनका कार्यक्रमहरू आउन सक्ने चेतावनी समेत दिइएको छ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर