Aamsanchar

आज विश्व स्वास्थ्य दिवस

Author Image
मङ्गलवार, चैत २५, २०७६

अहिले विश्वभर नै स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको कोरोना भाइरस (कोभिड-१९) महामारीको बेलामा आफ्नो ज्यान नै जोखिममा राखेर लाखौँ संक्रमितको उपचारमा कार्यरत डाक्टर, नर्श लागायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई सबैले सलाम गर्नु  पर्दछ । स्वास्थ्यकर्मीलाई भगवानको दर्जा हाम्रो समाजले यतिकै दिएको हैन। सम्पूर्ण स्वास्थ्यकर्मीलाई थप साहस, शक्ति र हौशला मिलोस्। हाम्रो कामना।

हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ । वास्तवमा अप्रिल ७ का दिनमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को स्थापना पनि भएको हो र यसै दिनको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ । यस वर्षको स्वास्थ्य दिवस कोरोना महामारीका कारण पक्कै पनि तनावपूर्ण बनेको छ, संसारले यो महामारीबाट चाडै मुक्ति पाउनेछ, प्राथना जारी राखौं ।

विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् ।

ससाना घाउ देखि चोटपटक सम्म, ठूलाठूला रोग देखि ससाना संक्रमण सम्म, के विश्वका हरेक कुनामा स्वास्थोपचारको पहुँच छ त रु अनि विश्वको छाना अर्थात् सगरमाथाको देश नेपालमा स्वास्थ्य सुविधाहरुको पहुँच कस्तो र कत्तिको छ त ?

घन्टौं कुरेर डाक्टर र स्वास्थ कर्मचारीको छिछिदुरदुर सहेर उपचार गराउने देखि घरघर मै अनि विदेश गएर सामान्य रोग र समस्या उपचार सम्म गर्नेहरु हाम्रै देशमा छन् । निजी क्लिनीक र सरकारी अस्पतालको सेवा सुविधामा भएको आकाश जमिनको फरक अनि स्वास्थ्य पेशा कै व्यवसायीकरणले नेपालीहरुको स्वास्थमा पहुँच भयानक रुपमा नराम्रो छ । यहाँ स्वास्थ्य चौकीहरु छन् तर सुविधा छैन, अस्पताल छ तर डाक्टर छैनन् अनि डाक्टर भईहाले मै पनि उपकरण र प्रविधि छैन ।

निराशाको यो बादलको कुरा गरिरहँदा नेपालले स्वास्थ्य क्षेत्रमा गएका दशकहरुमा प्रगति पनि गज्जबले नगरेको हैन । दशक अघि सम्म पनि शौचलय गएपछि साबुनपानीले हात धुनुपर्छ भनेर विज्ञापन नेपाली सञ्चार माध्यममा आउने गर्दथ्यो । यसका अलावा झाडापखाला अनि पोलियो, कुष्ठरोग लगायतका रोगहरुको बारे जनचेतनामुलक साम्रगी आउने नेपाली सञ्चार माध्यमहरुमा अहिले स्वास्थ्यका साम्रगीहरुमा विशेष परिवर्तन भएका छन् । जनमानसमा स्वास्थ्यको ज्ञान बढेको छ अनि जनस्वास्थको अवस्था राम्रो हुँदै गएको छ । गाँउगाँउमा प्रसुती केन्द्रहरु अनि प्राथमिक स्वास्थय चौकीहरु छन् तथापि विशेषज्ञ सेवाको भने पहुँच नेपाली माटोमा दुर्लभ अनि असमान छ ।

आर्थिक अवस्था अनुरुप स्वास्थोपचारको हैसियत निर्धारण हुने पक्कै पनि राम्रो हैन । स्वास्थ आधारभूत सुविधा अन्र्तगत पर्दछ र हरेक नागरिकलाई स्वास्थोपचारको सुविधा न्यूनतम ग्यारेण्टी गरिनै पर्दछ । उपचारको अभावमा कहीं कसैले ज्यान गुमाउन नपरोस्, न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूत सरकारले गर्न सकोस् । सम्पत्ति हुनेले उपचार घर मै पाउने र नहुनेले अस्पताल नै नदेखि बिदा हुने परिपाटी अन्त्य होस् । यस वर्ष पनि नेपाली स्वास्थ्य नक्षत्रमा स्वास्थोपचारको सेवा अनि गुणस्तरका विषयमा विभिन्न अनशन, हड्ताल, नारावाजी नभएका हैनन् तथापि सरकार र सरोकारवालाहरु स्वास्थोपचारको देशै भरि समान पहुँच ल्याउनका लागि उत्ति जिम्मेवार भने नेपालमा नपाईएकै हो ।

नेपाललाई अझ बढी स्वास्थ्यकर्मीहरु चाहिएको छ, डाक्टर नर्स लगायतका अन्य स्वास्थकर्मीहरुको सङ्ख्याँ बढाउन जरुरी छ । संघीय स्वरुपमा गएको नेपालका हरेक प्रदेश अनि प्रान्तमा विशेषज्ञ सेवा सहितको अस्पताल आजको आवश्यक्ता हो । यस वर्षको स्वास्थ्य दिवसको सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 715

प्रतिक्रिया (०)

सम्बन्धित खबर