हेल्लो दिपेन जि नमस्कार के छ खवर कता हुनु हुन्छ ? तपाईको लेख पढ्ने गर्दछु , राम्रो लाग्छ । यो लकडाउनले मानिसको जन जीवन अफ्ट्यारो पर्यो, दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्ने समुदाय अनी न्युन आय भएका विपन्न परिवारलाई खानाको लागि धेरै गाह्रो भयो भन्ने महसुस गरि एकका लागि एक अभियान अन्र्तगत राहात वितरण गरि रहेका थियौ तर अब राहात वितरण लकडाउनको दिर्घकालीन सामाधान नभई रोगले भन्दा भोकले मर्न नदिउं भनेर राहात वितरण गदै आएको मा अब मोड्ल परिवर्तन गर्नु पर्यो । अब,कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने भन्नेमा हामी पुग्यौ । आर्थिक क्षेत्र बर्बाद भै सक्यो त्यसैले पनि परीक्षण बढाएर झापालाई सुरक्षित बनाउनु पर्यो भन्दै एकका लागि एक अभियानका परिकल्पनाकार , सामाजिक व्यक्ति एवम सकारात्मक सोचका धनी सहकारीकर्मी महेन्द्र गिरीसंगको मेरो फोनमा बार्तालाभ हुदै थियो । यो अभियानमा तपाई हाम्रो साथ सहयोगले यो कार्यक्रमलाई सफल बनाउनु पर्छ भन्दै हुनुहुन्थ्यो ।
सर सम्झनु भएको मा धन्यबाद तर म यति बेला चितवनमा छु ससुरा बुवाको देहावसनले गर्दा यता आएको छु । तपाई लाग्नु होस् मेरो साथ सहयोग तपाईलाई र यस अभियानमा रहने छ । भन्दै हामी फोनमा भलाकुसारी गदै थियौ । ए हो दुखद खवर सुने समवेदना छ । मेरो बुवा पनि विरामी हुनु हुन्छ कुन बेला के हुन्छ भन्नै नसक्ने अवस्था छ भन्दै म संग फोनमा गफ गदै थियौ हामी । हुन्छ दिपेन जी आए पछि भेटौ भन्दै हामीले फोन राख्यौ । म २२ गते आई पुगे झापा । घर आए पछि सोचि रहेको थिए एउटा अभियान लिएर सम्पुर्ण झापाबासीको लागि कोरोना कोभिड १९ बाट दिर्घकालिन सामाधान गरेर आर्थिक अवस्था कमजोर बन्दै गएको नेपालको अबस्थालाई केही हद सम्म भए पनि कम गर्न सकियोस् । प्रयोगशालाको आवश्कतालाई बुझि झापाको बिर्तामोडमा स्थापना गर्न रकम जुटाउन लाग्नु यो उहांको दुरदर्शीता हो । परिकल्पना गरेर अभियान सुरु गर्न सजिलो होला तर अभियानलाई मुर्त रुप दिन धेरै गाह्रो हुन्छ ।
यहाँ मानिसले कार्यक्रमलाई सहयोग गरेनन् भने कार्यक्रम असफल हुदैन । यहाँ त सहयोग नगर्दा केही हुन्न तर असहयोग गर्दा कार्यक्रम सफल नहुन सक्छ । कार्यक्रम सफल भएको भन्दा असफल भएकोमा खुसी मान्ने मानिस बढि हुन्छन् । यो समाजमा प्रेरणा दिने , हौसला दिने , सहयोग गर्ने र सकारात्मक सोचाई राख्ने भन्दा बढि ढाहा , इष्र्या र कसरी असफल बनाउन सकिन्छ भन्ने मानिस बढि भेटिन्छ । एकका लागि एक अभियान र महेन्द्र सरको बारेमा लेख्नु पर्यो भनेर एक जना साथी संग २४गते गफ पनि गरे । लेख्नु न राम्रो हुन्छ , भन्नु भयो दिन भरि आफ्नै काममा व्यस्त भएर साझ ६ बजे तिर लेख्न बसेको थिए फेसवुकमा महेन्द्र सरले अलविदा बुवा ! भनेर बुवाको फोटो हालेको देखे । कस्तो संजोग मैले यो आर्टिकल लेखि रहदा त्यो घटनाले झनै मेरो मन दुखायो । एउटा अभिभावक गुमाउनुको पिडा गिरी परिवारलाई अत्यन्तै भयो भन्ने मैले महसुस गरे एउटा छोरोलाई आफ्नो बावु गुमाउनु परेको पिडा बयान गरि नसक्नु हुन्छ । त्यो मैले पनि भोगेको छु । एक अभियानकर्मी र यो लकडाउनले मानिस आजित भएको अवस्थामा र सरकारले पनि सबैलाई राहात पुर्याउन नसकि रहेको अवस्थामा स्थानिय निकाय संग सहकार्य गदै एकले एकका लागि सहयोग गरौ भन्ने भावना अनुरुप र कसैलाई पनि सहयोग गर्दा सहयोगको भार पनि नपरोस् । भोकाको भेट पनि भर्न सर्कौ र एउटा मानव ले अर्को मानवलाई सहयोग गरौं भन्ने उदेश्यले एकका लागि एक अभियान अत्यन्तै सफल रहेको मेरो ठ्म्याई रहेको थियो ।
रोगले मान्छे मरे पनि भोकले कोही पनि नमरौ भन्ने सोच महेन्द्र सरको थियो । सर, तपाईको सोचको सम्मान गर्दछु । बिर्तामोड क्षेत्रमा तपाईको योगदानमा हामीले गर्व गर्नु पर्छ । हरेक गतिबिधीमा तपाईको साथ सहयोगले यस क्षेत्रको गरिमा उच्च रहेको छ । एउटा सहकारीकर्मी जसले यस क्षेत्रको वृद्वि विकासमा निरन्तर चिन्तीत रहनु पनि तपाईको गतिवीधिले देखाएको छ । खेलकुदको क्षेत्रमा होस । सास्कृतिको क्षेत्रमा होस । सामाजिक क्षेत्रमा होस् हरेक क्षेत्रमा तपाईको योगदान उच्च छ । यो समाजमा विभिन्न सोच भएका मानिस बस्ने गर्दछौ । सबैको सोच अलग अलग भए पनि सकारात्मक सोच नै तपाईको पहिचान हो । मानिस आफ्नो ठांउ आफ्नो गांउमा त्यति बस्न रुचाउदैनन् किनकी गांउ भनेको सुविधा रहित बस्ति हो । रोजगारको अबसर पनि गांउमा नहुने हुदा सबै ठुलै ठांउ अझ, आजभोली त विदेश नै जान पाए हुन्थ्यो भन्ने सोच भएको अवस्थामा तपाई जुन ठांउमा जन्मनु भयो , हुर्कनु भयो,खेल्नु भयो ,पढनु भयो,बालापन बिताउंनु भयो त्यसै ठांउलाई कर्म थलो बनाएर सबैले गांउ भनेर हेला गर्ने ठाउंलाई आज आफ्नो जिवन निर्र्वाहा गदै अवसरको थलो बनाउनु भयो । रोजगारीको अवसर श्रृजना गराउनु भयो । सहकारीलाई आम मानिसले खासै महत्व नदिई रहेको अवस्थामा सहकारीको महत्व हरेक मानिसमा उब्जाउनु भयो ।
आफ्नो संस्थालाई गाउको मात्र नभएर देशकै ठुलो बनाउनु भयो । गांउलाई हेला गर्ने मानिसलाई आज गाउंको महत्व बुझाई दिनु भयो । सहकारी भनेको आर्थिक रुपमा सानो हुन्छ । सानो कोठाबाट संचालित हुन्छ भन्ने आम बुझाईलाई आज तपाईको कार्यलय हेर्दा टोपी खस्ने बनाएर समग्र सहकारी क्षेत्रलाई विश्वासीलो भरपर्दो र सुविधा सम्पन्न पनि हुन सक्छ भनेर देखाई दिनु भयो । गाउंमा रोजगारीको अबसर हुदैन भन्नेर शहर पस्ने युवालाई गांउमै बसेर जागीर खान पाए हुन्थ्यो भन्ने आशा पलाई दिनु भयो । पुरुष प्रधान हाम्रो समाजमा पुरुषले जे गरे पनि हुने महिलाले सहेर बस्नु पर्छ भन्ने आम महिलाको सोचाईमा पनि महिला शसक्तीकरण अभियानमा समेत तपाईको योगदान उच्च रहयो । महिलालाई उद्यमी बनाउन होस् या युवा स्वरोगजारका कार्यक्रम होस , जनता आवास कार्यक्रम होस सबैमा तपाईको योगदान उच्च रहेको छ । सम्मान लायक छ ।
म पनि यसै ठाउंमा जन्मिए, उर्किए ,पढे, बढे अनि उच्च शिक्षा अध्यायन गर्न काठमाण्डौ तिर लागे उच्च शिक्षा अध्यान पछि जागिर खान थाले । दश वर्ष जागिर जिवन मेचि देखी महाकाली सम्म गरि रहदा जागिरबाट मैले स्वेच्क्षिक राजीनामा दिए ।
मलाई पनि आफ्नो ठाउं आफ्नो गांउ मै बस्न मन लाग्यो । केही गर्ने सोचका साथ व्यवसाय गर्न थाले । व्यवसाय संगै सहकारी संस्था पनि संचालन गर्न थाले पछि तपाई संग मेरो सहकारीकर्मी कै नाताले परिचय भएको थियो । मानिस , मानिसका गतिवीधिबाट प्रभावित बन्दछ । बोलीचाली बाट प्रभावित बन्दछ । सोही अनुरुप म पनि तपाई प्रति प्रभावित भएको थिए । तपाईको काम गर्ने शैलि । नेतृत्वदायी भुमिका अनि सकारात्मक सोच र मानिस जन्मिए पछि समाज र राष्ट्रका लागि केही गर्नु पर्छ भन्ने तपाईको विचारको म उच्च सम्मान गर्दछु । सकारात्मक र रचानात्मक कार्यमा तपाई सधै तल्लिन रहने तपाईको स्वभाव , परिवारमा अभिभावकत्व पुर्ण पालन गदै र एक छोराको कर्तव्यमा कुनै कमि नगरी बुवाको रेखदेश परिवारको रेखदेखमा तपाई प्रसंसनिय हुन हुन्छ । मानिस म, मेरो लागी , आफ्नो लागि , आफन्तको लागि मात्र केही गर्ने सोचमा अगाडि बढि रहदा आफ्नो लागि भन्दा अरुका लागि र समाजका लागि केही गर्ने तपाईको सोचलाई सम्मान छ । तिन महिनादेखीको निरन्तर बन्दले आर्थिक क्षेत्र धारासायि बनि सक्यो । कतिको रोजगार गुमि सक्यो । कतिको चुला निभि सक्यो ।
कतिको उपचार गर्न नपाएर निधन भै सक्यो । व्यवसायीलाई ऋणको भारले थिचि सक्यो । यो अवस्थामा झापाबासी सबैलाई टेष्ट गरेर हामी सुरक्षित छौ भन्ने बनाउन परिक्षण नै पहिलो आवश्यकता ठानी अभियानले कोभिड १९ परिक्षण प्रयोगशाला बनाउन लाग्नु हामी सबैले गर्व गर्नु पर्छ अनि गर्व गरेर मात्र यो सम्भव छैन सबैको साथ सहयोगले मात्र यो कार्य सम्पन्न हुने हुदा हामी झापाबासी देश विदेशमा बस्ने सबैले यो महान कार्यमा सहभागी बन्नु पर्छ । आर्थिक सहयोग गर्नु पर्छ । समाजमा यस्ता मान्छे कमै जन्म लिन्छन् तर काम धेरै गर्छन हामीले यस्ता मान्छेलाई सहयोग गरौ । कसैले सोध्यो समाजलाई कसरी अगाडि बढाउने भनेर एक विद्वानले जवाफ दिए खुट्टा तान्नुको सट्टा हात तानौं । विद्वानको जवाफ जसरी समाजलाई अगाडी बढाउन हात दिने गरौ । विपत्ति, महामारी जे आए पनि हामी एकले एकलाई सहयोग गरौ । हातमा हात मिलाऔं । सकारात्मक सोचको विकास गरौ । आफु मात्र नबाचौं । अरुलाई पनि बचाऔं । ।