सञ्चार अर्थात मिडिया भन्नाले निश्चित स्रोतबाट सृजित सूचना ,समाचार ,खबर र सन्देश कुनै माध्यमबाट पाठक सम्म पुर्याउने प्रकृयालाई सञ्चार अथवा मिडिया भनिन्छ। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यम बाट आम जनसमुदायमा पुर्याउने प्रकृयालाई आमसञ्चार भनिन्छ र त्यो मिडिया को कर्तव्य पनि हो। अर्थात मिडिया सञ्चारको व्यापक रूप हो। ।नेपाली शब्द “सञ्चार” अङ्ग्रेजी शब्द, media or Communication को अनुबादको रूपमा प्रयोग हुदै आएको छ । हुनत नेपाली शब्द सञ्चार संस्कृत भाषाबाट आएको हो जसको अर्थ ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान’ भन्ने छ।
तर भारतिय मिडियाहरु को बर्तमान व्यबहार हेर्ने हो भन्ने माथी भनिएको मिडिया को अर्थ सग आकाश पताल को फरक पाइन्छ । वर्तमान समयमा भारतिय मिडियाले गरेकोे अपमान प्रधानमन्त्रीको मात्र होईन सिङ्गो रास्ट्रको अपमान हो,सबै एक भएर प्रतिकार गरौ।।।भारतीय मिडियाको आपत्तिजनक टिप्पणीहरु ले देशको एउटा उचाई र देश प्रती गम्भीर चोट पुराउ छ जस्तो लागेको छ । येसरी नै छोडेको साडे जस्तो हर्कत भारतिय मिडियाहरु ले देखाइरहेको खण्डमा सरकार र सरकार पक्ष ले अझै गम्भीर भएर केही बोल्नु र गर्नु पर्छ किरु भारतिय समाचार मिडिया हरु बन्द गरेर मात्र पुग्दैन जस्तो लाग्छ ।भारतीय मिडिया हरुले येस्तै गतिविधि गर छन भन्ने नेपाल मा सबै क्षेत्र र नेपाली भरी सधाका लागि प्रतिबन्ध लगाइ आव्स्यक कार्वाही गर्नु छ ।
हाम्रा देशका प्रधानमन्त्री सग हाम्रो देश भित्रका जनताको असन्तुष्टि होलान त्यो प्रती लड्न र डट्न हामी आफै सक्छौ ।बिमती भए हामी हाम्रो अधिकार आफै खोज्छौ तर प्रधानमन्त्री पद र ब्यक्ति को बिरुद्व अनावश्यक कुनै पनि देशका मिडियालाइ मर्यादा बिपरित गतिछाडा हर्कत गर्न छुट छैन अनि दिनु पनि हुदैन । घर भित्रको झगडा हो घरमै आफै मिल्छ , छिमेकी हरु ले चियो चर्चा गर्ने काम नै छैन येस्तै हो भन्ने हर नेपाली ले भारतीय मिडिया लाई पुरै बहिष्कार गर्नु पर्छ अनि सरकार ले पनि सम्पुर्ण भारतीय मिडियाहरु लाई नेपालमा सधाका लागि बन्द गर्नु पर्छ ।
येस्तो भ्रमको खेती गर्ने मिडिया लाई सधै को लागि बहिष्कार गर्न सक्नु पर्छ सरकारले मात्र होइन हर नेपाली ले । भारतीय न्युज च्यानेल टेलिभिजनमा मात्र हैन इन्टरनेटबाट पनि हटाईनु पर्छ नेपाल मा काहीँ पनि केही बाट पनि भारतीय मिडिया नचल्ने बनाउन सक्नु पर्छ अब। येस्तो झुटो खेती गरेर विश्व मा हाम्रो देश ,स्वाभिमान प्रती असर पुराउने मिडिया लाई हामी ले केही गर्न सकिनौ भन्ने चै हामी कसैले पनि गोर्खालीको सन्तान हौ भनेर काहीँ कतै नभनौ ।
मन मा उब्जेका केही मेरा प्रश्न र माग :
- हाम्रा देशका प्रधानमन्त्री सग हाम्रो जन गुनासो होला , तर भारतीय मिडिया लाई हाम्रो देशका प्रधानमन्त्रीको बारेमा हामी भन्दा धेरै कसरी थाहा हुन्छ ?
- एउटा देशको र देशको प्रधानमन्त्रीको यो तरिका ले चरित्र हत्या गर्ने अधिकार कुनै मिडिया लाई छ?
- भारतिय मिडियाले येस्तो भ्रम फैलाउदा भारतिय दूतावासको गम्भीर ध्यानाकर्षण हुनु पर्ने होइन र दूतावास चुप लागेर बस्नु कतिको ठिक हो ?
- जुन सुकै जो सुकै जहाँ सुकैको मिडिया भए पनि भ्रमक समाचार झुटो समाचार सम्प्रेषण गर्ने मिडिया लाई कार्वाही गर्ने अन्तरराष्ट्रिय निकायहरु छन कि छैन्न ?
- अब फेरि एक पल्ट देशको नक्सा छाप्न देखेको एकता देखाएर भारतीय मिडिया को हस्तक्षेप बन्द गर्ने हिम्मत गर्नुपर्छ।
- अब सरकार ढाल्ने कि घर घर बाट भारतीय मिडिया फाल्ने एक पल्ट सम्पुर्ण राजनीतिकर्मी ,नेपाली जनता,सबै ले बिचार गर्नु पर्छ ।
- यस घटना प्रती नेपाल सरकार ,अन्तर राष्ट्रिय पत्रकारिता निकायहरु ,नेपाल पत्रकार संघ , नेपाली मिडियाहरु, सम्पुर्ण पत्रकार नेपाली जनता हरु सबै एक भएर आवाज उठाउनु पर्छ । भारतीय ले आफ्नो छिमेकी लाई सधै हेपाइ गरेको प्रवृति को अब सहनु हुदैन।