Aamsanchar

फोटो क्याप्सन

झापाको झिलभिलेमा रहेको  वाटर किंगडम पार्कमा बनाईएको अनौठो आकृति । झट्ट हेर्दा डरलाग्दो देखिने यो प्रतिमा पुरानो मानव सभ्यतालाई झल्काउन खोजिएको जस्तो देखिन्छ । यस प्रतिमाको शिर तिरको भागलाई हेर्दा धामी(झाँक्री) जस्तो लाग्छ तर मुन्तिर […]

बिहिवार, चैत १२, २०७७

मोरङको कानेपोखरी–पथरी खण्डमा सिमसाग बेच्न बसेका स्थानिय महिलाहरु । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मूख्य आम्दानीको श्रोत सिमसाग बनेको छ । मोरङ्गी खोलामा ६० भन्दा बढी घरपरिवारका महिलाहरुले सिमसाग खेती गर्दै आएका छन् ।

मङ्गलवार, चैत १०, २०७७

मेहेनतको फल देखाउदै खोटाङ जिल्ला खाल्लेका मिनुङहाङ राई । राईले सुरु गरेको मछ्य पालनमा निकै राम्रो माछाको उत्पादन भएको छ । तराईमा मात्र गरिने माछा पालन व्यवसाय आजभोली पहाडी क्षेत्रमा पनि गर्न थालिएको छ।

सोमवार, चैत ९, २०७७

प्रदेश १ को सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–५ बगुवामा जंगलबाट पत्तकर लिएर गाउँतर्फ अघि बढदै महिलाहरु । सो क्षेत्रमा पत्तकरलाई खानेकुरा पकाउने इन्धन र निस्किएको खरानीलाई मलको रुपमा प्रयोग गर्ने चलन रहेको छ ।

आइतवार, चैत ८, २०७७

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा रहेको श्रीशङकराचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा संस्कृत शिक्षा लिदै बटुकहरु । २०३३ सालबाट संचालनमा आएको यस पीठमा विशुद्ध संस्कृत भाषा मात्र पठनपाठन हुदै आएको छ ।

बिहिवार, चैत ५, २०७७

राजवंशी कोच समुदायको मौलिक बाजाहरु । नेपालको पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीमा मात्र मुख्य रुपमा बसोबास गर्दै आएका कोच समुदायका आदीवासीहरु आफ्नो भाषा,संस्कृति र सभ्यता बचाउन संस्थागत नै लागि परिरहेका छन् । फोटो : […]

मङ्गलवार, फागुन २५, २०७७

मजदुर र उद्योगी व्यवसायी बीच हुने विभिन्न खाले समस्यालाई कसरी सहज रुपमा एक आपसमै मिलाउन सकिन्छ भन्ने विषयमा युनिकम नेपाल केन्द्रिय समिति र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का पदाधिकारीहरु बीच संवाद भएको छ […]

शुक्रवार, फागुन २१, २०७७

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा जडान हुदै गरेको पेट-सिटी स्क्यान (पोजिट्रोन इमिसन टोमोग्राफी) मेसिन । यस मेसिनद्धारा क्यान्सररोगको पहिचान गर्न, विरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ । त्यसैगरी क्यान्सर रोगमा प्रयोग भएको औषधी शरीरमा प्रभावकारी भए […]

बिहिवार, फागुन २०, २०७७

झापाको कनकाई नगरपालिका–३, सुरुंगा गोहीखाडी स्थित मुर्तीकार हिम्मत नेम्बाङले आफ्नो घरमा बनाएका मुर्तीहरु । २०६१ सालबाट मुर्ती बनाउन सुरु गरेका नेम्बाङ नेपालमा एक कुशल मुर्तीकारको रुपमा परिचित छन् । व्यवसायिक रुपमा काम गर्दै आएका नेम्बाङ […]

शनिवार, फागुन १५, २०७७