Aamsanchar

युवतीलाई यौनसम्पर्क गर्नका लागि कसरी फकाउने ?

Author Image
मङ्गलवार, असोज ३, २०७४

एजेन्सी ।

यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ ।भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ । सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नुपर्छ ।
यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ ।यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ ।

यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ । उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, पुठ्ठा, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् । यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ ।

चरम सुख कसरी थाहा पाउने ? मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज । एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ । यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ । महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ ।स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ ।

आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ । पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ । माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ । प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ ।

यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ । महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन् ।पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१