Aamsanchar

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

Author Image
बुधवार, फागुन २, २०७४

काठमाडौँ, 

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ ।

प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता पनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएकाले सर्वसाधारणमा सचेतनाका लागि मास्कमाण्डु तेस्रो अभियानको आयोजना गरिएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताउनुभयो ।

कार्यक्रममा माक्सबिना काठमाडौँमा बाँच्न गा¥हो भयो भन्दै रत्नपार्कको बीच सडकमा सहभागीहरु लम्पसार परेका थिए भने कार्यक्रमकै एक सहभागीलाई प्रधानमन्त्रीको रुप मानेर माक्सले बनाएको माला लगाइएको थियो ।

मास्कमाण्डु ३ अभियानमार्फत शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ(आपm्नो स्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरिएको छ ।

अभियानअन्र्तगत उपत्यकाका चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी, माइतीघरलगायत विभिन्न चोकहरुमा स्वच्छ हावाको लागि श्रृंखलावद्ध सांकेतिक प्रदर्शन भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१