Aamsanchar

शल्यक्रियाका लागि २१ घन्टाभन्दा बढी समय दिन आग्रह

Author Image
बिहिवार, चैत २२, २०७४

काठमाडौँ,

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले अस्पतालहरुमा हाल दैनिक २१ घन्टा मात्र शल्यक्रियाका लागि समय दिइएका अब सो समय बढाउन आग्रह गर्नुभएको छ ।

राज्यमन्त्री अर्यालले आज स्वास्थ्यको संघीय संरचना, कर्मचारी व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाहलगायतका विषयमा सुझाव लिन बोलाउनुभएको पूर्वसचिवसहितको छलफलमा स्वास्थ्य सेवाको गुणस्तर कायम गरी प्रभावकारी बनाउन सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “अहिले हाम्रा अस्पतालले हप्तामा २१ घण्टामात्र शल्यक्रिया हुने भएकाले बिरामीले महिनौँ कुर्दा समय नपाई मर्नुपरेको छ, २१ घण्टाको समय बढाउन गर्नुपर्ने कुराहरू सुचीकृत गरिसकेका छौँ, तपाइँहरूसँग फेरी छलफल गरी काम अघि बढाउने छौँ ।”

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले मन्त्रालयले बनाएको संघीय संरचनामा स्थानीय तहलाई समेट्नुपर्ने बताउनुभयो । दुर्गममा आधारभूत भौतिक संरचना, काम गर्ने वातावरण बनेमा चिकित्सक दुर्गममा जाने भन्दै शर्माले निशुल्क औषधि, खोपको व्यवस्थापन भण्डारण गर्ने उचित व्यवस्था गरी निःशुल्क औषधिको नाम नेपालीमा लेखी सबै बिरामीले थाहा पाउने गरी राख्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसचिव डा दीर्घसिंह बमले मन्त्रालयले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको शान बढाउने काम गरेको उल्लेख गर्दै भन्नुभयो, “हाम्रा नीति सफा हुनुप¥यो, राजनीतिक प्रतिबद्धता चाहिन्छ, अनि मात्र अपेक्षित सफलता प्राप्त हुन्छ ।”

पूर्वसचिव डा प्रविण मिश्रले सविधानमा उल्लेख गरिएको स्वास्थ्यको मर्म र अहिलेको काम गराईमा तालमेल नमिलेको उल्लेख गर्दै स्थानीय निकायमा गुणस्तरी स्वास्थ्य सेवाका लागि जनसंख्याअनुसारको स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

पूर्वसचिव डा सेनेन्द्रराज उप्रेतिले मन्त्रालयको संघीय संरचनामा पर्याप्त परिमार्जन गरिनुपर्ने भन्दै त्यसमा शैक्षिक संस्था, परिषद्का बारेमा उल्लेख नगरिएको ध्यानाकर्षण गराउनुभयो ।

स्वास्थ्य सेवा विभागमा पूर्व महानिर्देशक डा गोविन्द ओझाले दुर्गममा चिकित्सक पठाउन खोज्दा हुने राजनीतिक दबाबलाई रोक्नुपर्ने बताउनुभयो । पूर्व महानिर्देशक डा यशोवर्धन प्रधान, डा लक्ष्मीराज पाठक, डा राजेन्द्र पन्तले सविधानले अधिकार प्रदेशमा भएपनि स्वास्थ्य धेरै अधिकार संघमा राख्ने गरी संरचना बनाइएको भन्दै त्यसतर्फ ध्यान दिन मन्त्रालयलाई सुझाव दिनुभयो ।

अर्का पूर्वमहानिर्देशक डा मिङ्मार शेर्पाले स्वास्थ्य राष्ट्रिय कार्यक्रमहरू केन्द्रबाटै सञ्चालन हुनुपर्ने जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१