Aamsanchar

बााल दिवश र संबिधान दिवशको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न

Author Image
बुधवार, असोज ३, २०७५

शान्तिनगर ।

‘समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति बिकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने मुल नाराका साथ २९ औ बाल दिवश तथा ‘संबिधान दिवश’को अवसर पारेर राष्ट्रिय बिजय माध्यमिक बिद्यालय बुद्धशान्ति गाउँपालिका-७ सुनमाईले बिभिन्न कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

राष्ट्रिय बिजय बाल क्लबकी अध्यक्ष प्रतिक्षा सुबेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाको प्रमुख आतिथ्य र स्रोत ब्यक्ति सुर्य प्रसाद सापकोटा, बुद्धशान्ति गाउँपालिका ६ का वडाध्यक्ष शम्भु प्रसाद पौडेल र ७ नम्बर वडाध्यक्ष मात्रिका प्रसाद पौडेलको बिशिष्ट आतिथ्य रहेको थियो ।

बिद्यालय परिषरमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । यसका साथै गत बर्ष एसइइ परिक्षामा सहभागि ३१ जना बिद्यार्थीहरुलाई पुष्प गुच्छा र अबिर लगाई बिदाई गरिएको बिद्यालयका शिक्षक सरोज अधिकारीले जानकारी दिए ।

यसका साथै बिद्यालयले आर्थिक बर्ष २०७४÷०७५ सालको करिब ७० लाख ५७ हजार ५ सय ६३ रुपैयाँको आय—ब्यय बिद्यालयका प्रधानाध्यापक राम प्रसाद तिम्सीनाले सार्वजनिक गरे । उनले आफ्नो लेखा परिक्षण प्रतिबेदनमा बिद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा सुधार गर्न आम अविभावक र सम्बन्धित निकायसंग अनुरोध समेत गरे ।

कार्यक्रममा बुद्धशान्ति न्यायिक समितिका सदस्य तथा वडा नम्बर ७ का वडाध्यक्ष मात्रिका प्रसाद पौडेल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण प्रसाद अर्याल, बिशिष्ट अतिथी सापकोटा, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाका प्रमुख निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बिद्यालयको पूर्व प्रधानाध्यापक गीता ढुङ्गानाले स्वागत गरेको कार्यक्रममा बिद्यार्थीहरुकै सहभागितामा बिद्यालयकै बाद्यबादन प्रयोग नेपाली लोक सँस्कृति झल्कने साँस्कृतिक धुन प्रस्तुत गरेका थिए । यसका साथै बिद्यार्थीहरुले गीत, कबिता र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन बिद्यालयका बिद्यार्थीहरुले नेपाली र अग्रेजी भाषामा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१