Aamsanchar

मैनाली समाजको पाँचौं सभा

Author Image
आइतवार, माघ ६, २०७५

सुरुङ्गा।

मैनाली समाज नेपाल जिल्ला झापाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला समितिका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षता र वरिष्ठ राजनीतिकर्मी राधाकृष्ण मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ मैनाली मातापिता, संस्थालाई सहयोग गर्ने बन्धुहरु, उत्कृष्ट चेली, उत्कृष्ट बुहारी, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट समाजसेवीलाई सम्मान गरिएको थियो ।

ज्येष्ठ मातापिताहरु छबिलाल मैनाली, टीकाराम मैनाली, भगिरथ मैनाली, डिल्लीराम मैनाली (हल्दीबारी), गंगाप्रसाद मैनाली, विष्णुमाया मैनाली, शशिधर मैनाली, विष्णुकुमार मैनाली, रणमाया मैनाली, शिवप्रसाद मैनाली, गोविन्द मैनाली र नरमाया मैनालीलाई सम्मान गरिएको थियो ।

वि. सं. २०७४ को एसईईमा उत्कृष्ट हुनेहरु छात्रछात्राहरु निश्चल मैनाली, कुसुम मैनाली, शिवानी मैनाली, इशान्त मैनाली, सौगात मैनाली, उमेश मैनाली, एल्भिस मैनाली, कञ्चन मैनाली, अनिश मैनाली, धीरज मैनाली र प्रज्ज्वल मैनालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसै गरी सामाजिक क्षेत्रमा क्रियाशील बन्धुमा भोलानाथ मैनाली (शिवगञ्ज) र मेदनीप्रसाद मैनाली (दमक), वर्ष उत्कृष्ट चेली प्रेमा मैनाली उप्रेती (कनकाई–३) र वर्ष उत्कृष्ट बुहारी शकुन्तला मैनाली (कनकाई–४) लाई सम्मान गरिएको थियो । कालिका सामुदायिक भवन निर्माण समितिका संयोजक भवानी मैनाली (सुरुङ्गा) र इञ्जिनियर रुद्र मैनाली (मेचीनगर) लाई पनि सम्मान गरिएको थियो ।

त्यसै गरी, अर्जुनधारा–११ निवासी बन्दी सहायता नेपालकी इन्दिरा राना मगरलाई बन्दीगृहमा रहेका बालबालिकाहरुको उद्धार कार्यमा विगत ३ दशकदेखि योगदान गरेकोमा मैनाली समाजसेवा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा कालिका सामुदायिक भवनको प्रमुख अतिथि पूर्वमन्त्री राधाकृष्ण मैनालीले विधिवत उद्घाटन गरेका थिए । कनकाई नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष रोशनराज पोखरेल, मैनाली समाज नेपाल झापाका सल्लाहकारहरु चन्द्रप्रसाद मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली, देवीप्रसाद मैनाली, बालकृष्ण मैनाली, ज्ञानुनाथ मैनाली, गोविन्दप्रसाद मैनाली, धनपति मैनाली, खडगप्रसाद मैनाली, कालिका सामुदायिक भवन सञ्चालक समितिका सचिव कुमार खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका उपप्राध्यापक सुमा मैनाली लगायतको आतिथ्य रहेको कार्यक्रममा समाजका सल्लाहकार एवम् झापा क्षेत्र नं. १ का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, मैनाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनाली, काठमाण्डौं उपत्यका समितिका अध्यक्ष नारायण मैनाली, सम्मानित बन्धु भवानी मैनाली, ते¥हथुम जिल्ला अध्यक्ष जयनारायण मैनाली, पुरस्कृत विद्यार्थी इशान्त मैनाली, सम्मानित व्यक्तित्व इन्दिरा रानामगर लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा मोरङ्गेली कवि नवराज मैनालीको कविता संग्रह ‘नयाँ युगको खोजी’ कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मैनालीले विमोचन गरेका थिए । साधारणसभाको बन्दसत्रले अध्यक्ष डिल्लीराम मैनालीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र सचिव रामप्रसाद मैनालीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

बन्दसत्रले मौजुदा कार्यसमितिलाई पुनर्गठन गरेको छ, जस अनुसार अध्यक्षमा डिल्लीराम मैनाली, उपाध्यक्षद्वयमा श्रीप्रसाद मैनाली र अर्जुनकुमार मैनाली, सचिवमा रामप्रसाद मैनाली, सहसचिवमा अनुषा मैनाली, कोषाध्यक्षमा अम्बिका मैनाली र सदस्यहरुमा तुलसीप्रसाद मैनाली, यज्ञप्रसाद मैनाली, मेनुका मैनाली, लक्ष्मीप्रसाद मैनाली, होमप्रसाद मैनाली, लक्ष्मीप्रसाद मैनाली, खगेन्द्र मैनाली, बिमला मैनाली, रामकुमारी मैनाली, रेणुका मैनाली, शान्ता मैनाली, गोपालप्रसाद मैनाली र गायत्री मैनाली रहेका छन् ।

समाजका झापा उपाध्यक्ष श्रीप्रसाद मैनालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१