Aamsanchar

धराबासी, भारती र अर्चना पुरस्कृत हुँदै

Author Image
बुधवार, माघ ९, २०७५

बिर्तामोड ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि आज कृति तथा प्रतिभा छनौट गरेको छ ।

कोषले यसवर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय भएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिएका छन् ।

दर्जन बढी कृतिका श्रष्टा धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित भइसकेका साहित्यकार हुन् । विष्णुकुमार भट्टराई संयोजकत्वमा गठित उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनौट उपसमितिको सिफरिसमा यस्तो निर्णय भएको हो ।

यसैगरी कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गर्दै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कारबाट हिमालय टेलिभिजनका झापा सम्वाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ । कोषका सदस्य लोकराज ढकालको संयोजकत्वमा पत्रकारिता प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो ।

दुवै उपसमितिको सिफारिस अनुरुप कोषले कृति तथा प्रतिभा छनौट गरेको हो । कोषले यसै वर्षदेखि धनमाया महिला पत्रकारिताको पुरस्कार राशी २१ हजार रुपैयाँ बनाएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न बैठकले छनौट भएका प्रतिभाहरुलाई आगामी माघ १६ गते कोषको सभाहलमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईंले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१