Aamsanchar

बालकको मृत्यु भएपछि अस्पताल तोडफोड

Author Image
सोमवार, माघ २१, २०७५

सोमबार बिहान ९ बजेको दृष्य

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलका डाक्टर र नर्सको लापरबाहीका कारण एक बालकको मृत्यु भएको भन्दै आफन्तले प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा अस्पतालमा तोडफोड समेत भएको छ ।

मेचीनगर–१३ स्थित कालीझोडाका उमङ राजवंशीका दुई वर्षीय छोरा जेनित राजवंशीको इन्जेक्सन लगाएलगत्तै मृत्यु भएको जनाइएको छ । आइतबार बेलुका ६ बजे अस्पताल ल्याइएका बालकको इन्जेक्सन लगाएको केही क्षणमै मृत्यु भएपछि डाक्टर र नर्स भागेको परिवारले जनाएको छ ।

मृतकका बुबाले छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इन्जेक्सनलगत्तै सिकिस्त भएको र डाक्टर समेत भाग्नुले गलत औषधि प्रयोगका कारण आफ्नो छोराको मृत्यु भएको बताएका छन् । डाक्टरको चरम लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड समेत गरेका छन् । आफन्तहरु तोडफोडमा उत्रिएपछि प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । अस्पतालमा तोडफोड शुरु भएलगत्तै कांग्रेस नेता देउमान थेवे र नेकपा नेतृ धर्मशिला चापागाई घटना मिलाउन राति ११ बजेसम्म तल्लिन देखिएका थिए ।

वार्तामार्फत् समस्याको समाधान गर्ने भन्दै आफन्तलाई फकाउने काम गरिरहेको मृतकका परिवारले जानकारी दिएका छन् । सोमवार बिहानसम्म पनि परिवारले मृत बालकको शव उठाएका छैनन् भने अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१