Aamsanchar

विप्लवका कार्यकर्तामाथि प्रहरीले हान्याे गोली

Author Image
बिहिवार, फागुन २३, २०७५

काठमाडाै‌ं,

विप्लव नेतृत्वको नेकपा कार्याकर्तामाथि प्रहरीले गोली प्रहार गरेर समातेको छ। कपिलवस्तुकाे शिवराज नगरपालिका–९ का दुर्गाबहादुर थापाको घरमा खानतलासी गर्नेक्रममा उनी भागेपछि प्रहरीले गोली प्रहार गरेको हो।

 प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको जनाएका छन्। रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ। घटनाको बारेमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ।थाहा खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर