Aamsanchar

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

Author Image
बिहिवार, फागुन २३, २०७५

भक्तपुर, 

मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा सडकमा लडेर पछाडिबाट बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउदै गरेको बा७४ प ५५३ नं. को मोटरसाइकलले विपरीत दिशा प्रदेश –३-०२-००२ प ६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, पछाडिबाट गइरहेको बा.२.ख ४८६८ नं.को बसले समेत ठक्कर दिँदा प्रदेश ३-०२-००२ प ६३ नं. को मोटरसाइकल चालक काभ्रे देउपुर-३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोस राईको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सुचना अधिकृत प्रहरी निरिक्षक सुशील पाण्डेले जानकारी दिए।

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाण्डौ महानगरपालिका–३२ पेप्सिकोला बस्ने २४ वर्षियअरुण कुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी- ३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षिय तारा बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्‍धान कार्य भइरहेको निरिक्षक पाण्डेले जानकारी दिए। त्यसैगरी, भक्तपुर नगरपालिका–.७ गोलमढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षिय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो।  भक्तपुर नगरपालिका–.७ गोलमढी स्थित केशब कवाङको घरको माथिल्लो तल्लामा  विजुली मर्मतको क्रममा करेन्ट लागेर घाईते भई उपचारको लागि भक्तपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा छुक्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत शुसिल पाण्डेले जानकारी दिए। घटनाको बारेमा थप अनुनस्धान कार्य भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर