Aamsanchar

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खनालको ज्यान गयो

Author Image
शुक्रवार, चैत २९, २०७५

नुवाकोट ,

नुवाकोटको बट्टारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा शुक्रबार बिहान बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षिय मुन्ना गुप्ता घाइते भएका छन् । दुर्घटनापछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर