Aamsanchar

सामूहिक बलात्कारमा संलग्न दुई जनालाई १२ वर्ष जेल

Author Image
मङ्गलवार, असार २४, २०७६

दाङ,

एक जना बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका दुई जनालाई १२ वर्षको कैद फैसला भएको छ ।

दाङको देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-३ का २७ वर्षीय इन्द्रबहादुर थापा र ३१ वर्षीय ‘थम्मन’ भन्निने गुरुप्रसाद पुनलाई समान १२ वर्षको कैद फैसला गरेको हो ।

न्यायाधीश हेमन्त रावलको एकल इजलासले १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२ वर्ष कैद र पीडितलाई दुवै जनाबाट ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

विसं २०७१ साल असार २३ गते बलात्कार गरेर फरार भएका फरार थापा र पुनलाई प्रहरीले विसं २०७५ पुस १८ गते पक्राउ गरी मुद्दा चलाउँदै जिल्ला अदालतले दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर