Aamsanchar

नागढुंगा सुरुङमार्ग निर्माण, मुआब्जा विवादको कारण अलपत्र

Author Image
मङ्गलवार, फागुन १३, २०७६

प्रथावित चित्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा ९दहचोक० सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो ।

अझै मुआब्जा विवाद न सल्टिएदा, ठेकदार सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन ।

धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन सकेको छैन । सुरुङमार्ग खन्न सुरु गर्नुअघि तयार हुनुपर्ने कामदार आवास, गोदाम, कार्यालयसहित बन्दोबस्तीका अस्थायी संरचना र सुरक्षामा खटिने नेपाली सेनाको बंकर निर्माण गर्न नपाएपछि ठेकदार कम्पनी नै रुष्ट बनेको छ ।

आयोजना प्रमुख श्याम खरेलकाअनुसार धादिङतर्फ करिब २०देखि २५ रोपनी गुठी जग्गाको मुआब्जा विवाद छ । त्यहाँका मोहीहरुले ठेकदारलाई कार्यक्षेत्रमा जान रोक लगाउका छन् ।

हालको नियमअनुसार गुठी जमिनमा मोहीले कूल मूल्यांकनको ३३ प्रतिशत मात्रै मुआब्जा पाउँछन् । तर उनीहरुले शत प्रतिशत रकम दाबी गरेका छन् । ‘हामीले ५० प्रतिशतसम्म दिने गरी प्रक्रिया थालेका छौं, तर उहाँहरुले रकम नपाइ काम सुरु गर्न नदिने भनेपछि समस्या भएको छ,’ आयोजना प्रमुख खरेलले भने ।

पूर्वतयारीको काम नै प्रभावित भएपछि ठेकदार जापानी कम्पनी ‘हाज्मा आन्दो’ले थप समय र लागत आवश्यक पर्ने भन्दै आयोजनालाई पत्र लेखेको छ ।

अवरोध कायम रहिरहे ठेकदारको यस्तो दाबी स्वीकार्नुपर्ने अवस्था आउनेमा आयोजनाका अधिकारी चिन्तित छन् ।

काठमामाडौंतर्फको मुआब्जा विवाद भने सबै सल्टिएको छ । धादिङतर्फ १७ रोपनी र ४६ वटा परिवारले मुआब्जा बुझिसकेका छन् । तर घर छाडेका छैनन् । ‘बुधबार पनि हामी विवाद समाधनका लागि जाँदैछौं, यदि अझै अटेर भयो भने बल प्रयोग गर्नुपर्ने अवस्था आउनसक्छ,’ आयोजना प्रमुख खरेलले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)