Aamsanchar

कम्युनिष्ट नेता सिपी मैनालीको चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

Author Image
बिहिवार, फागुन १५, २०७६

झापा : नेकपा मालेको महासचिव सिपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन्।बर्दिबासबाट काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई सिन्धुलीबाट बर्दिवास आउँदै आएको पिकअपले ठक्कर दिँदा मैनालीको टाउकोमा चोट लाग्नुका साथै खुट्टा फयक्चर भएको सिन्धुलीका डिएसी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

अहिले उनको जनसेवा अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ । मैनाली परिवारसहित बर्दिवासबाट काठमाडौं फर्किँदै थिए। प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारमा मैनालीकी श्रीमती, छोरा, बुहारी र नाति थिए। उक्त कारलाई विपरित दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर