Aamsanchar

फागुन २१ गते झापामा नेकपा शीर्ष नेताहरुको बाक्लो उपस्थिती हुने

Author Image
बिहिवार, फागुन १५, २०७६

बिर्तामोड । झापा आन्दोलनका सहिदको सम्झनामा यस वर्षपनि नेकपाले श्रद्धाञ्जलि सभा गर्ने भएको छ ।
जसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु झापा आउने भएका छन् । नेकपा झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७ औं स्मृति तथा श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ ।

झापा किसान आन्दोलनका अगुवाहरलाई भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ गते हत्या गरिएको थियो । सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।
नेकपा झापाले आयोजना गरेको उक्त वृहद स्मृति सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी अध्यक्षद्वय, वरिष्ठ नेता खनाल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्कृति पार्क सालबारीमा शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । शहीदको शालिकमा माल्यार्पण पछि बिर्तामोडको सुगम पेट्रोल पम्प नजिकै रहेको खुला मैदानमा वृहत श्रद्धाञ्जली सभा गरिने तय भएको अध्यक्ष पाठकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)