Aamsanchar

धेरै खाने बानी, स्वास्थ्यलाई हानि

Author Image
सोमवार, वैशाख १, २०७७

घरमै बसिरहँदा धेरैलाई खानेकुराको तलतल लाग्छ । खानाका सौखिनहरुले त थरीथरी परिकार बनाएर खाने पनि गर्छन् । अहिले सबैजसो होम क्वारेन्टाइनमा छन् । परिवारसँग घरभित्रै बसिरहँदा पनि मीठो मसिनो पकाउने, खाने प्रवृत्ति बढ्छ । संभवत अहिले धेरैजसोका भान्सामा मीठो मसिनो पाक्ने गरेको छ, त्यो पनि पटक–पटक ।

कतिपय दिनभर सुत्ने, राति लामो समयसम्म बस्ने गर्न सक्छन् । राति बसेको बेला अझ धेरै भोक लाग्छ । यस्तो अवस्थामा मुखलाई नियन्त्रण गर्न सकिदैन । जति पनि खाइन्छ ।

तर खानपानको यस्तो बानीले स्वास्थ्यमा भने हानि गर्छ । पेट चर्कने गरी वा आवश्यक्ता भन्दा बढी खाना खानु भनेको पाचन यन्त्रलाई बोझिलो बनाउनु मात्र होइन, शरीरलाई अजीर्ण बनाउनु पनि हो । मान्छेहरुको धारणा के हुन्छ भने पोषिलो वा स्वस्थ्यकर खानेकुरा जति खाए पनि हुन्छ । जति धेरै खायो, उत्ति नै राम्रो हुन्छ । त्यसैले अस्वस्थ्यकर खाना नखाएपनि फलफूल वा यस्तै पोषिलो खानेकुरा मन लाग्दो खाने गर्छन् । जबकी शरीरलाई आवश्यकभन्दा बढी खानेकुरा सेवन गर्नु उचित हुँदैन । चाहे फलफूलहोस् वा सागपात, सही मात्रामा सेवन गर्नुपर्छ ।

कुनै प्रकारको पौष्टिक आहार पनि आफ्नो क्षमताभन्दा बढी सेवन गर्दा शरीरलाई हानि गर्छ । खानाको अनुपातमा ध्यान दिइएन भने वा लापरवाही गरेर जे पनि खाइयो भने त्यसको असर उमेरमा पनि पर्छ । र अनुहारको छाला चाउरी पर्न थाल्दछ । साथै कपाल पनि झर्न थाल्छ । त्यसैले धेरै खानाखाने बानी छोडेर आफ्नो वजनलाई नियन्त्रण गर्नुपर्छ । र सँधै जवान देखिन्छ ।

खाना कतिखाने भन्ने कुरा निकै महत्वपूर्ण हो । स्वास्थ्यका लागि खाना कतिखाने भन्ने सम्बन्धमा पनि फरक फरक धारणा पाइन्छ । कतिपयले दिनमा चार÷पाँच पटक खानुपर्ने बताउँछन् भने कतिपयले भोक लागेपछि मात्र खानेकुरा खानु उपयुक्त हुने बताउँछन् ।

एकथरीको भनाई के छ भने दिनभरमा थोरै–थोरै खाइरहनुपर्छ । थोरै थोरै तर धेरै पटक । भोक नलागे पनि निश्चित समयमा खाइरहनुपर्छ । यसकालागि खाने तालिका निर्धारण गर्नुपर्छ । जस्तो बिहान ७ बजे खाइन्छ भने, त्यसपछिका खाना क्रमशः १० बजे, १ बजे, ३ बजे र ६ बजे । यसरी तालिका मिलाएर खाएपछि पचाउन सजिलो हुन्छ ।

लामो समयको अन्तरालमा खानेकुरा सेवन गर्दा आवश्यक्ताभन्दा बढी खाइन्छ । अर्थात भोक लागेको बेला एकै पटकमा धेरै खानेकुरा खाइन्छ । त्यसैले भोक लाग्नुअघि नै थोरै थोरै केही न केही खाइरहनुपर्ने बताइन्छ ।

कतिपयले भने भोक लागेपछि मात्र खाना खानुपर्ने तर्क पनि गरेका छन् । भोक नलागी खानेकुरा सेवनगर्दा त्यो शरीरमा बोझ बन्न पुग्छ । किनभने भोक लागेपछि मात्र शरीरलाई खाना चाहिएको हो भनेर बुझ्नुपर्छ ।

तर, धेरैले विश्वास गर्ने र आत्मसात गर्ने कुरा भनेको दिनमा चार वा पाँच पटक खानेकुरा खाने । एकै पटक धेरै खानेकुरा नभई थोरै–थोरै खानु राम्रो मानिन्छ । दिनभरमा यसरी खाइने खानेकुरामा विविधता हुनुपर्ने बताइन्छ । सागपात, फलफूल, सलाद र झोलिलो पदार्थलाई आफ्नो खानपानमा सामेल गर्नुपर्छ । यसरी खानेकुरा सेवन गर्दा शरीरलाई आवश्यक पोषक तत्व प्राप्तहुने गर्छ ।

बिहानको नास्तालाई भने अनिवार्य मानिन्छ । विहान गरिने नास्ताले दिनभरका लागि उर्जा प्रदान गर्ने भएकाले पौष्टिकताले भरिपूर्ण र पर्याप्त नास्ता गर्नुपर्छ । साँझको खाना भने सकेसम्म थोरै र चाँडै पच्ने खालको हुनुपर्छ । खानाखाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

खानामा चिनीजन्य गुलियो खानु पनि ठिक हुँदैन । नुनको सेवन पनि नियन्त्रित हुनुपर्छ । चिया कफी धेरै सेवन गर्नु उपयुक्त हुँदैन ।

त्यसो त कतिपय अवस्थामा खानेकुरा सेवन गर्नु पनि राम्रो मानिँदैन । जस्तो तनावको बेला । जतिबेला हामी तनावग्रस्त हुन्छौं, त्यसबेला खाना नखाएकै राम्रो हो । तनावको अवस्थामा शरीरमा जुनकिसिमको हर्मोन उत्पादन हुन्छ, त्यसले शरीरलाई आवश्यक पोषक तत्वको शोषणलाई रोक्छ । त्यसैले तनावमा खाना खानु उपयुक्त हुँदैन ।

जततउकस्ररदष्त।थिरद्दग्न्चऋण्ँ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१