Aamsanchar

मेचीनगर नगरपालिकाको पहिचान दिन सक्ने बालीको वर्गीकरण गर्न सुझाव

Author Image
बिहिवार, जेठ २९, २०७७

काँकरभिट्टा ।  मेचीनगर नगरपालिकालाई नगरपालिकाको पहिचान दिन सक्ने बालीको वर्गीकरण गर्न कृषि अर्थविज्ञ र सरोकारवालाहरुले सुझाव दिएका छन् ।

विहीबार नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रममा मेचीनगर नगरपालिकाक्षेत्रले कुनै एउटा बालीले आफ्नो पहिचान बनाउनुपर्ने समेत उनीहरुको भनाई थियो । नगरपालिकाको आर्थिक वर्ष २०७७/ ०७८ को वार्षिक बजेट नीति तथा कार्यक्रम तर्जुमा सन्दर्भमा कृषि अर्थविज्ञ कृषिसँग जोडिएका सहकारी संघ संस्थाका प्रमुख प्रतिनिधीहरुसँग कृषि सँग सम्बन्धित विषयमा राय सुझाव संकलन गर्न आयोजित छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन ।

कृषि अर्थविज्ञ सुरेशकुमार कामतको उपस्थितिमा भएको छलफलमा मेचीनगरका १५ वटा वडामा अलग अलग बालीलगाउन समेत नगरपालिकालाई सुझाव दिएका थिए । कुन वडामा के खती गर्न सकिन्छ त्यहाँको माटो कस्तो छ त्यसको पहिचान गरी त्यो माटोमा जुन वस्तुको उत्पादन हुन्छ त्यसैको खेती गर्नुपर्ने सहभागीहरुको भनाई थियो ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिहंले अब युवा लक्षित कृषि बाली छनौट गर्नुपर्नेमा जोड दिदैं पुर्व पश्चिम लोकमार्गको साइडमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र फलफूल लगाउन सुझाव दिनुभयो । उहाँले टनेल खेतीलाई प्रोत्साहन दिन भन्दैं धेरै वाली भन्दा पनि तीनवटा बाली छनौट गरी चाक्लावन्दी खेतीलाई समेत बढवा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले कृषि औजारी करणमा जोड दिदैं स्थानीय सरकारले कृषकले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्याउन सडक तथा बजारीकरणको व्यवस्थापन गर्न राय प्रस्तुत गरेका थिए ।

बाझो जमनिको व्यवस्थापन, सिचाई, औजारीकरण, ग्रेडिङ, प्याकेजिङलगायतका विषयमा समेत स्थानीय सरकारले ध्यान दिनुपर्ने सहभागीको भनाई थियो । सम्भावित क्षेत्रको पहिचान गरी मौसमी तथा बेमौसमी खेती गर्न सके आर्थिकरुपमा कृषकको जीवनस्तर मजवुत हुने हुँदा त्यसतर्फ पनि नगरपालिका लाग्नुपर्ने सहभागीको जोड थियो ।
अहिलेसम्म कृषि प्राविधिकहरु लक्षित समुदायसँग पुग्न नसकेको भन्दैं प्रत्येक वडामा एक/एकजना कृषि प्राविधिकको व्यवस्था नगरपालिकाले गर्नुपर्ने, मलखाद प्राङरिक, जैविक तथा रसायनिक मलको समुचित व्यवस्थापन गर्नुपर्ने, चाक्लावन्दी खेती प्रणालीको प्रारम्भ, सहकारी साझेदारी कार्यक्रम, प्रतिस्पर्धी उत्पादन प्रणाली, बाली उपचार प्रणाली, कृषि वीमाको प्रचार प्रसार , माटो परीक्षण, टनेल खेतीसहित थोपा सिचाइ, गुणस्तरीय बीउ बिजनको उत्पादन उत्पादित वालीको मुल्य श्रृखलामा परिवर्तनलगायतका विषयमा छलफल भएको थियो ।

कृषि अर्थविज्ञ सुरेशकुमार कामत, नेपाल बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड अन्तर्गतको सामुदायिक पोष्ट हार्मेष्ट सेवाकेन्द्रका संयोजक दुर्गाप्रसाद सापकोटा,, महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा खतिवडा, जुनतारा कृषि सहकारी संस्थाका अध्यक्ष जगन भट्टराई, कृष्णथुम्की कृषि सहकारी संस्थाका अध्यक्ष हिक्मत क्षेत्री, रामहरि नेपाल, चिरञ्जिवी भट्टराई, वशिष्ठ अधिकारी, दीपक काफ्ले, सजिना खड्का, हेमन्त मोक्तानलगायतले आ आफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको छलफलमा प्रमुखसहित उपप्रमुख मीना पोखरेल उप्रेतीले यी सुझावहरुलाई ध्यानमा राखेर आर्थिक वर्ष २०७७/ ०७८ को वार्षिक बजेट नीति तथा कार्यक्रममा समेट्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर