Aamsanchar

रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र ताप्लेजुङमा बन्ने

Author Image
बिहिवार, कार्तिक ६, २०७७

ताप्लेजुङ – ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भैरहेको केन्द्रको भवनको कुल लागत एक करोड ५७ लाख रहेको छ । देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पालिकामा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पंक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उहाँको भनाइ छ । रेडपान्डा दुर्लभ वन्यजस्तुको सूचीमा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 544

प्रतिक्रिया (०)

सम्बन्धित खबर