Aamsanchar

जोफ्रा आर्चर आईपीएलको ‘मोस्ट भ्यालुयबल प्लेयर’

Author Image
बुधवार, कार्तिक २६, २०७७

काठमाडौं । जोफ्रा आर्चर १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘मोस्ट भ्यालुयबल प्लेयर’ चुनिएका छन् । राजस्थान रोयल्सका खेलाडी उनी मोस्ट ‘मोस्ट भ्यालुयबल प्लेयर’ चुनिएका हुन् । आईपीएल सिजन २०२० मा उत्कृष्ट प्रदर्शन गरेका उनी मोस्ट भ्यालुयबल प्लेअर चुनिएका हुन् । उनले यो सिजन राजस्थानका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

लिगमा १४ खेल खेलेका आर्चरले १६ दशमलव ७० को स्ट्राइक रेट र १८ दशमलव २५ को चौसतले प्रतिओभर ६ दशमलव ५५ रन खर्चेर २० विकेट लिन सफल भएका थिए । आर्चरले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए । उनले ११३ रन बनाउन सफल भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)