Aamsanchar

स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई

Author Image
सोमवार, पौष २०, २०७७

काठमाडौं । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो ।

बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र रकमलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको हो ।काठमाडौंका एसएसपी अशोक सिंह भन्छन्, ‘रकमको स्रोत र प्रायोजनबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले विभागमा पठाएका हौं ।’ प्रहरीले रकमसहित भारतीय नागरिक अमितकुमार गुप्ता र सवारी चालकलाई पक्राउ गरेको थियो ।सिंहले बरामद रकम हुण्डी वा अन्य कुनै अवैध क्रियाकलापमा प्रयोग गर्नका लागि ल्याइएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्रै त्यसबारे खुल्ने सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् । रकम कपिलवस्तुबाट ल्याइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर