Aamsanchar

पूर्वराज्यमन्त्री साह सवार गाडी ६० मिटर तल खस्यो, पाँचजा घाइते

Author Image
सोमवार, पौष २०, २०७७

सुर्खेत । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए । भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर