Aamsanchar

सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

Author Image
मङ्गलवार, पौष २१, २०७७

सप्तरी –सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर