Aamsanchar

ताप्लेजुङको फुङलङमा आगलागी, एक घर जलेर नष्ट

Author Image
बिहिवार, फागुन २७, २०७७

ताप्लेजुङ – ताप्लेजुङको फुङलङ नगरपालिका–५ उकालिपानीमा बिहीबार दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको छ। सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको हो । नगरपालिकाको दमकल र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । घर भने पूर्णरुपमा जलेको नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा ८० हजार, ३० हजार रुपैयाँ बराबरको भाँडाकुडा लत्ताकपडा र १ लाख ५० हजार रुपैयाँ बराबरको घर क्षति भएको छ । बिहान खाना पकाउन बालेको आगो ननिभाएका कारण आगलागी भएको पीडित लिम्बुले बताए ।’ खाना बनाउन फुकेको आगो ननिभाइकन काममा निस्किएको थिएँ,’ उनले भने,‘सधैं आफै निभ्थ्यो । आज चाहिँ फैलिएर घरै जल्यो ।’ घरमा उनी एक्लै बस्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर