Aamsanchar

तपाँई कस्ता स्याम्पू र कण्डिशनर छनोट गर्दैहुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्

Author Image
मङ्गलवार, जेठ ११, २०७८

नेपालमा स्थानीय उत्पादन किन्ने परम्पराले बढावा पाउँदै गैरहेको हुँदा ग्राहकहरुको ब्राण्ड रोज्ने निर्णयमा समेत त्यसले धेरै भन्दा धेरै प्रभाव पार्दै गइरहेको छ । उपभोक्ताहरुका लागि अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो । र त्यसैले ब्राण्डहरु आफ्नो सबैभन्दा ठूलो जित नै ग्राहकहरुको माग पूरा गर्नु भएको मान्दछन् । त्यसैगरी, विभिन्न उत्पादनहरुको उपलब्धता र ती उत्पादनहरुसम्मको सहज पहुँचले पनि ग्राहकहरुलाई उनीहरुको चाहना र रुची सुहाउँदो उत्पादनहरुको बारेमा जानकारी राख्न सजिलो बनाइदिएको छ । शिक्षित वर्गहरुको वृद्धि, आय स्तर र मानिसहरुको जीवन स्तरमा भएको परिणामी वृद्धिदरले उपभोक्ता ब्राण्डप्रति सजग भएका छन् भने इकमर्स साइटहरुले आफ्नो साइटहरुमा राख्ने धेरै ब्राण्डहरु सम्बन्धी सूचनाले पनि उपभोक्ताहरुलाई धेरै छनौटका अवसरहरु प्राप्त भएका छन् ।

स्याम्पूहरु र कण्डिशनरहरुको प्रयोगमा पनि ग्राहकहरुले सल्फेट र पाराबेन नभएको स्याम्पूहरु तथा कण्डिशनरहरु उपयोग गर्नेतर्फ सचेत भएका छन् । सल्फेट तथा पाराबेन तत्वहरुको प्रयोग स्याम्पूहरु र कण्डिशनरहरुबाट पर्याप्त फिँज आउनका लागि गर्ने गरिन्छ जसले दीर्घकालमा गएर केशको स्वास्थ्यलाई खराब गर्ने र ती शिरको संवेदनशील भागको लागि पनि अनुपयुक्त हुन्छन् ।

प्राकृतिक र प्रयोग गर्न सुरक्षित हुनुको अलावा सल्फेटमुक्त हेयर क्लिनरहरुले अन्य प्रचलित स्याम्पूको तुलनामा कपाललाई बढी मुलायम र चम्किलो बनाउँछ । सल्फेट र पाराबेन नभएका स्याम्पूहरु र कण्डिशनरहरु प्रयोग गर्नाले हुने केही फाइदाहरु यसप्रकार छन्ः

प्राकृतिक तेल कायम रहन्छः

सल्फेटरहित स्याम्पूहरुको एक मुख्य काम भनेको कपालको प्राकृतिक चमकतालाई जस्ताको तस्तै राखेर कपालको सफाई गर्नु हो । यो सबै सम्भव हुनुको एकमात्र कारण भनेकै प्राकृतिक तेललाई कुनै हानी नपु¥याई जोगाउनु हो । सल्फेटरहित हेयर क्लिनरहरुले कपालको रेसाहरुलाई त्यसमा भएका प्राकृतिक तेल नहटाई सफा गर्ने गर्छ ।

पर्याप्त आद्रता ग्रहण गर्छः  

केशलाई टुक्रिन र झर्न नदिनका लागि कपालमा आद्रता हुनु जरुरी हुन्छ । सल्फेट भएका स्याम्पूहरुले केशको रेसाहरुबाट आद्रता हटाइदिन्छन्, जसले गर्दा कपाललाई रुखो तथा फुस्रो बनाइदिन्छ । अर्कोतर्फ सल्फेटरहित हेयर क्लिनरहरुले कपालमा भएको प्राकृतिक आद्रतालाई बचाई राख्न सघाउँछ ।

जलन/सूजन कम गर्छः

सल्फेटहरु कडा रसायन भएकोले तिनीहरुले शिरलाई सुख्खा तथा सूजन बनाउन सक्छन् । यो यदि अनियन्त्रीत भएमा जलन पनि पैदा हुन सक्छ । यस विपरित, सल्फेटरहित केश उत्पादनहरु कोमल हुन्छन्, जसले गर्दा त्यसप्रकारका समस्याहरु बिना नै तपाईंको कपाललाई सौम्य सफा गर्छ ।

केशको रङ्ग कायम राख्छः

केश रंगाउनु अधिकांश मानिसहरु त्यसमा पनि खास गरेर महिलाहरुको नियमित कार्य नै हो । यद्यपि रङ्ग कतिसम्म टिकिरहन्छ भन्ने चाहिँ तपाईंले आफ्नो केशको स्याहार कसरी गर्नु हुन्छ भन्नेमा नै निर्भर रहन्छ । सल्फेट नभएको राम्रो स्याम्पूको प्रयोग गर्नाले तपाईंको केशमा लगाइएको रङ्गको आयु पनि लामो समयसम्म रहीरहन्छ । यसले तपाईंलाई बारम्बार आफ्नो कपाल रंगाउनु पर्नेबाट जोगाउनेछ ।

यसका अतिरिक्त सल्फेट र पाराबेनरहित स्याम्पूहरु र कण्डिशनरहरु वातावरणको लागि पनि सुरक्षित हुनाको साथै संवेदनशील शिरको लागि उपयुक्त छन् र यो नपोल्ने तथा जुनै किसिमको कपालको लागि सुहाउँदो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१