Aamsanchar

चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार भएका मिक्लाजुङका खालिङ पक्राउ

Author Image
आइतवार, साउन २४, २०७८

काठमाडौं-बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर