Aamsanchar

ब्राउनसुगर सहित मेचीनगरका आले पक्राउ

Author Image
शनिवार, मंसिर १८, २०७८

मेचीनगर । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापा अन्तरगतको विओपी बाहुन्डाँगीले लागु औषध सहित एक व्यीक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–४ राईसिङ बस्ने बर्ष ३७ का सम्मरबहादुर आले रहेका छन् । आलेलाई बाहुण्डागी सुरक्षा पोष्टबाट प्रहरीले हिजो पक्राउ गरेको हो ।

भरातबाट नेपाल आउने क्रममा शंकाको आधारमा खानतलास गर्दा आलेको साथबाट अन्दाजी १५ ग्राम ब्राउनसुगर र डव्लु वी ७४ एके ६०९९ नम्बरको मोटरसाईकल पनि बरामत गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले आमसंचारलाई जानकारी दिए ।

पक्राउ परेका आले र बराम लागूऔषध र मोटरसाईकल प्रहरी चौकी बाहुण्डागीमा बुझाईएको नायव उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर