Aamsanchar

कोभिड १९ का संक्रमित बढेसँगै हलेसी मन्दिर बन्द

Author Image
शुक्रवार, माघ ७, २०७८

खोटाङ – कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै सुप्रसिद्ध त्रिधार्मिक स्थल तपोभूमी हलेसी मन्दिर बन्द गरिएको छ। जिल्लामा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर आजबाट बन्द गरिएको हो।

कोभिडलाई थप फैलिन नदिनका लागि मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। राईका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुनेछ। यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो।

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा एक दिनमा हजारौँको सङ्ख्यामा दर्शनार्थीहरु आउने गरेका छन भने हरेक महिना १० लाख बढी भेटि संकलन हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए।

गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन। हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमिको रुपमा पूजा–आजा गर्ने गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर