Aamsanchar

कनकाईमा बाढी, शिवसताक्षीमा डुवान, उद्धारमा बाढी कृतिम जिल्ला विपद् व्यवस्थापन समिति

Author Image
सोमवार, जेठ २३, २०७९

कनकाई । झापाको कनकाई नदीमा बाढी आएको छ । जेठ २२ गते राती इलामको कन्याम, जितपुर, माईपोखरी, सोक्तिमलगायतका विभिन्न स्थानमा भएको भिषण बर्षाको कारण कनकाई नदीमा बाढी आएको हो ।

बर्षाका कारण नदीमा पानीको सतह उच्च भएको छ । बर्षा मापन केन्द्र मैनाचुलीका अनुसार ४.३ मिटर भन्दा माथी पानी पुगेको छ । नेपाल रेडक्रस सोसाईटी झापाले सम्भावित विपद्को पूर्व जानकारीकालागि स्थापाना गरेको बर्षा मापन केन्द्रले चेतावनी साईरन बजाएर नदी तट क्षेत्रका बासिन्दाहरुलाई जानकारी दिएको छ । त्यो संगै जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक पनि बसेको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली खटाएको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार टोली पठाईएको छ । नदीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मा बढी क्षती पुर्याएको छ । बाढीका कारण सुकुमबासी टोलमा रहेका ४१ घर परिवारका ७० जना पुरुष र ७९ जना महिलाहरु संकटमा परेका छन् । उक्त बाढीले ९ घर बगाएको छ, १३ घर परिवार विस्तापित भएका छन् । ५ बिघामा लगाईएको धान बाढीले बगाएको छ । केही पशु चौपायाहरु बगेका छन् । बाढीले सो गाउँमा १६ जनालाई घाईते बनाएको छ । घाईते हुनेहरुमा ७ जना बिरामी, ३ जना सुत्केरी महिला, २ शारिरिक अक्षमता भएका व्यक्तिहरु रहेका छन् ।

बाढीबाट प्रत्यक्ष प्रभावित १५ जना बालबालिका रहेका छन् । उनिहरुको विद्यालय पोसाक, पुस्तकहरु पनि बगाएको छ । संचित गरेर राखिएका खाद्ययन्न सामग्रीहरु पनि बगेको छ । त्याहाँ प्राय सबै भोकभोकै रहेका छन् ।
समुदायका केही महिला, पुरुषहरु विक्षिप्त बनेका छन् । सिमान्तकृत परिवारको बाहुल्यता रहेको उक्त गाउँमा बिस्थापितलाई पिउने पानी र खानाको व्यवस्थापनमा जिल्ला रेडक्रसले सहजकिरण गरिरहेको छ । रेडक्रसले स्थानिय पालिका संग राहतको लागि पहल गर्नेकाम गरेको छ । नगरपालिकाले आफ्ना नागरिकहरुलाई तत्कालको समस्या हल गर्नको लागि आफ्नो आवश्यक श्रोत परिचालन गरेको छ ।

त्याहाँका नागरिकहरु आफ्नो ज्यान जोगाउनको लागि गुहार मागीरहेका छन् । उद्धारको लागि थप जनशक्ति परिचालन गर्नुपर्ने देखिएको छ । उद्धार गरिएकाहरुलाई स्थानीय मन्दिर परिसरमा राखिएको छ । मन्दिर क्षेत्र अत्यन्तै साधुरो रहेको छ । गर्मी र झरीको कारण उनिहरुमा रुघाखोकी र झाडापखालाको समस्या देखिन थालेको छ । यि माथी उल्लेख भएको घटना काल्पनिक हो । जिल्ला स्तरीय बाढी कृतिम घटना अभ्यासमा आधारित रहेको छ ।

आज (सोमबार) प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको अध्यक्षतामा बाढी कृतिम जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अभ्यासमा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

जिल्लास्थित सरकारी अड्डाका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखको पनि सो अवसरमा सहभागिता थियो ।

‘मेरो पालिकामा बाढी पसेजस्तै लाग्यो,’ शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले भने–‘कृतिम  अभ्यास भए तापनि यहाँ हेर्दा साँच्चिकै घटना जस्तै भयो, म त झसङ्गै भएँ ।’ उनले नगरपालिकाले विपद् व्यवस्थापनमा पर्याप्त बजेट छुट्याउने बचनबद्धता व्यक्त गरे ।
नेपाली सेनाका कर्णेल सुदर्शन थापा, सशस्त्र प्रहरीका एसपी प्रदिपजंग कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको अभ्यास कार्यक्रममा उपस्थिति थियो ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 893

प्रतिक्रिया (०)

सम्बन्धित खबर