Aamsanchar

विराटनगरमा अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

Author Image
शुक्रवार, असार २१, २०८१

विराटनगर – अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका-३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ वर्षीय रन्जित कुमार यादव, विराटनगर-१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर १५ मा बस्दै आएका ३३ वर्षीय संजिवकुमार मण्डल रहेका छन्।

विराटनगर-१५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गरी पक्राउ गरेका हुन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १६ थान, बिभिन्न बैंकको एटीएम ९४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, विभिन्न बैंकको चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान, इलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर