Aamsanchar

दाङ : फुटेको बाँध हेर्न गएका मेयर फसेपछि…

Author Image
शनिवार, असार २२, २०८१

लमही – दाङ जिल्लाको लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कर्पियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो।

लमही नगरपालिका-९ तेलियास्थित हालै बनाइएको कच्ची बाँध फुटेको खबर पाएपछि लमही नगरपालिकाका नगरप्रमुख चौधरीको नेतृत्वमा तेलिया गाउँमा पुगेको थियो।

बाँधमा भएको क्षतिको सबै विवरण संकलन गरी फर्किदा गंगटे खहरे खोलामा गाडी भासिएको हो।

गाडीमा यात्रा गरिरहेका सबै कुशल छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर