Aamsanchar

पौड्याल वंशोद्वार झापाद्वारा पत्रकार दीपेन्द्र पौडेल सम्मानित

Author Image
आइतवार, पौष २७, २०८२

झापा । पौड्याल वंशोद्वार जिल्ला कार्य समिति झापाको चौथो अधिवेशनको अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पत्रकार दीपेन्द्र पौड्याललाई सम्मान गरिएको छ।

हिजो बिर्तामोड–२स्थित चारपाने सामुदायिक भवनमा सम्पन्न अधिवेशनमा उनलाई कलम र आवाजमार्फत समाज, संस्कृति र पहिचान संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो। प्रमुख अतिथि लोकनाथ पौड्यालले दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए।

सोही अधिवेशनले कमल पौड्याललाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा श्यामकुमार पौड्याल, सचिवमा तुलसा पौड्याल, सह–सचिवमा युवराज पौड्याल तथा कोषाध्यक्षमा कृष्ण पौड्याल चयन भएका छन्। झापाका १५ वटै स्थानीय तहबाट एक–एक जना संयोजक पनि चयन गरिएको छ।

अधिवेशनका क्रममा ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरिएको थियो। दमक–९ हरिनगर निवासी ध्रुवलाल पौड्याल, बिर्तामोड निवासी ध्रुबलाल पौड्याल, रमादेवी पौड्याल, पुन्यकुमारी पौड्यालसहित विभिन्न स्थानका ज्येष्ठ व्यक्तित्वलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको कार्यक्रमको अध्यक्ष कमल पौड्यालले जानकारी दिए

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर