Aamsanchar

चुनावी हटस्पट झापामा नयाँ प्रहरी कमाण्ड, बसुन्धरा खड्कालाई खटाइयो

Author Image
सोमवार, माघ ५, २०८२

झापा – नेपाल प्रहरीले निर्वाचन नजिकिँदै गएका बेला ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुख हेरफेर गर्दै संवेदनशील जिल्लामा नयाँ कमाण्ड पठाएको हो ।चुनावको हटस्पट मानिएको झापा जिल्लाको प्रहरी नेतृत्वमा बसुन्धरा खड्कालाई खटाइएको छ । उनी यसअघि बागमती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडामा कार्यरत थिइन् ।

सरुवा हुने एसपीहरूमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एकनारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्रलगायत रहेका छन् ।

गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।

यसैबीच, नेपाल प्रहरीले ८ जना डीआईजीको समेत सरुवा गरेको जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै गरिएको सरुवाले झापासहित देशभरको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर