[नरेन्द्र ढकाल]
जसको शक्ति उसैको भक्ति भने झैं नेपालमा जसले जे गरेपनि हुन्छ ? पूर्खाले नेपाललाई सार्वभौम मुलुक कायम गर्न कति संघर्ष गरे एक पटक इतिहास पल्टाएर हेरौं । अनि हामी आज के गर्दै छौं आज गरेका कामले भोलीका दिनमा कस्ता नतिजा आउला भन्ने एकपटक मनन गरौं । कतै हामीले आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार त गरिरहेका छैनौं । प्रसंग हो आयल निगमको ।
भारतसंगको परनिर्भरता तथा केही समय अघि भारतले लगाएको नाकाबनदीका कारण पेट्रोलियम पर्दाथको हाहाकार भएपछि सरकारले सात वटा प्रदेशका एक–एक स्थानमा पेट्रोलियम पदार्थ भण्डारणका लागी जग्गा खरिद प्रक्रिया अगाडी बढाएर काम गर्न निर्देशन दिए लगत्तै आयल निगमले पनि हतारहतार जग्गा खरिद ग¥र्यो तर थुन्सेले छेप्दा देखिन्न कुनै दिन ठोकोले छोप्दा देख्छि भन्ने हेक्का नराख्दा आज आयल निगमका घटना छरपस्ट भएको छ ।
काम गर्नु नराम्रो होइन तर काम कस्तो प्रकृतिको छ भन्ने चाँही ठूलो कुरा हो । आयल निगमले जग्गा खरिद गर्नु आफैंमा नराम्रो होइन तर हुदैं नभएको बिलबिजक तयार गरेर राज्यको करोडौं रकम अपचल गर्ने दुस्प्रयास गर्नु चाँही गम्भिर गल्ती हो । चलन चल्तीको भाउमा जग्गा खरिद गर्दा कसैले आवज उठाउदैंनन् तर राज्य र जनतालाई ढाटेर कर्मचारी पोस्ने काम गर्ने कार्यको भने सबै तिरबाट खबरदारी गर्न जरुरी रहेको छ ।
कुनै एक सामाजिक जिम्मेवारी तथा कुनैपनि सार्वजानिक पदधारण गरेको ब्यक्तिमाथि यत्रो ठूलो घटलाको घटनाहरु सर्वजानिक भइसक्दा समेत निलम्बनमा नपर्नु तथा उनी माथि छनविन प्रक्रियालाई तिब्र रुपमा अगाडी नबढाउनुले शंका र आशंका बढ्दै गएको छ । यो बेला भने जनताले खबरदारी गर्न जरुरी रहेको छ ।
यो विषयमा राज्यका जिम्मेवार निकाय मौन बस्नु तथा राजनीतिक दलका नेताहरुले यो विषय एकपटक पनि उच्चारण नगर्नुले कतै ठूला भदाउदाँहरुले नै भागीदार गरेर राज्यमाथी ब्रम्हलुट त गरिरहेका होइनन् भन्ने विषय गम्भिर रुपमा उठेको छ । यो विषय अख्तियार खुरुपयोग अनुसन्धान आयोगमा पनि पुगी सकेको अवस्थामा यसले पनि भ्रष्टाचार नियन्त्रण गर्न पहल गर्नेहेतुले यस्ता कुराको सत्यतथ्य बाहिर ल्याउने विषयका सक्रियता देखाउन जरुरी रहेको छ ।
साथै आयल निगमलाई जग्गा बिक्रि गर्नेहरुले पनि आफुले दुई चार लाखको लोभमा नबोल्ने र सत्यलाई लुकाउने हो भने यस्ता घोटला गर्न पल्किएकाहरुलाई बल पुग्ने छ । त्यसैले जनताले यर्थाथ के हो अनि कसरी प्रलोभनमा पारे भन्ने कुरा खुलस्त गर्न सक्नुपर्छ होइन भने तपाईको एउटा सानो गल्तीले राज्यको करोडौं रुपैंया अपचलन हुदैं छ । यो विषयमा एक पटक सोच्न जरुरी रहेको छ ।
दुई नम्मबरी धन्दा चलाएर रातारात धनी भएका नवधनाड्यलाई राज्यले निगरानी गरेका छनबिन गर्न जररी रहेको छ । साथै राज्यको नेतृत्व गरिरहेका नेताहरुले समेत राजनीति एक सेवा हो भन्ने विषयलाई बुझ्न जरुरी रहेको छ । राजनीति गर्ने ब्यक्तिले देश, समाज र समाजमा बसोबास गर्ने नागरिकको हितको विषयमा सोच्ने गर्दछ तर नेपालको परिवेशमा हेर्ने हो भने ठिक्क उल्टो तवरले चलीरहेको छ ।
सञ्चारमाध्यले आयल निगमको वास्तविकता बाहिर ल्याउनु तथा विभिन्न छमनविन समितिले समेत आयल निगमले प्रक्रिया पु¥याएर भ्रष्टाचार गरेको भनेर स्पष्ट रुपमा भनी सक्दा समेत राज्यका जिम्मेवार निकायले उक्त संस्थानका प्रमुललाई निलम्बन नगर्नु तथा उनीमाथि कुनै पनि प्रकारको अनुसन्धान अगाडी नबढाउदा कतै सबैको मिलेमहत्व त थिएन भन्ने शंका गर्नु स्वभाविकै हो ।
भ्रष्टाचार आफैंमा एक अपराध हो । उत्तर कोरिया तथा चीन लगायतका मुलुकहरुमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय सुनाइन्छ तर हाम्रो नेपालमा भने भ्रष्टाचार गर्नेलाई तीन वर्षपछि पुन राजनीतिक दलको उम्मेदवारको रुपमा निर्वाचनमा सहभागि हुन पाउनु पर्छ भनेर कुरा उठान गर्नु आफैंमा लज्जास्पद तथा उनीहरुको नियत माथिको प्रश्न चिन्ह खडा हुनु स्वभाविकै हो ।
हामी भ्रष्टाचार गर्नेलाई जेल पर्दापनि ताली बजाउछौं भने जेलबाट निस्किएपछि पनि फुलमाला तथा अविर लिएर स्वागत गर्दै ताली बजाउने काम गछौं यसले नै पुष्टि गर्छ की हामीले भ्रष्टाचार गर्नेलाई सम्मान गर्दैछौं या बहिस्कार अब जनताले जाग्ने बेला आएको छ । बेला हुने समयसम्म कुम्भकर्ण झैं निदाउने बेला बितेपछि यस्तो भयो र उस्तो भयो भनेर कुर्लीने प्रवृतिको अन्त्य हुने हो भने मात्रै पनि नेपालका भ्रष्टाचार निर्मूल हुन्छने भने देशको आर्थिक तथा सामाजिक विकासले फड्को मर्ने थियो । यो विषयमा अब युवाहरुले सोच्न जरुरी छ ।