Aamsanchar

फोटो क्याप्सन

छुर्पी दुधजन्य पदार्थ सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो । पूर्वको हिमाल र पहाडी क्षेत्रमा प्रख्यात छ। डेरी वा घरमा तयार गरिने यो परिकार मोहिबाट निकालिने कुरौनीवाट तयार गर्ने गरिन्छ । फोटो : हरि […]

शनिवार, माघ १२, २०७५

सौराहा स्थित रापती बगर डुग्ङा घाट। प्राय बर्ष भरिनै अस्ताउदो घामले यस स्थानलाई रमणिय बनाउने गर्दछ । गोधुली साँझमा दैनिकजसो सयौं पर्यटक यहाँ आउने गर्छन । फोटो : विनोद पाण्डे कमल/आमसंचार

बिहिवार, माघ १०, २०७५

चितवनको सौराकमा गोरुगाडीमा यात्रा गर्दै विदेशी पर्यटकहरु । नेपालमा पर्यटनको सम्भावना बोकेको हरेक जिल्ला पर्दछ, केवल सरकार र स्थानिय नागरिकको योजना र ईच्छाशक्तिको कमिका कारण नेपाल पर्यटनमा पूर्णरुपमा आत्मनिर्भर हुन सकेको छैन, सय तर्फ सबैको अव […]

बुधवार, माघ २, २०७५

कनकाई नदिमा परेवा उडाउदै एक श्रद्धालु । हिन्दु धर्ममा आस्था राख्नेहरु मध्येका केहीले विशेषगरि देवीलाई भाकल बुझाउन भन्दै परेवा लगायतका पंक्षी उडाउने गर्छन भने कतिपएले वली दिने चलन चलाउदै आएको पाईन्छ । फोटो : विनोद […]

मङ्गलवार, माघ १, २०७५

सार्वजनिक क्षेत्रलाई एकिन गर्ने क्रममा भत्काईएको घर । सडक क्षेत्र भित्र निर्माण गरिएको भौतिक संरचना हटाउने कार्यलाई जनकपुर उपमहानगरपालिकाले तिब्र रुपमा अघि बढाएको छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, पौष २९, २०७५

नेपालकै ठुलो नदी सप्तकोशीमा माछाको खोजिमा तल्लिन माझीहरु । सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन। […]

मङ्गलवार, पौष २४, २०७५

तस्विरको यो दृष्य बास्तविक नभएर त्याहाँ स्थित एक होटलको बाहिरी भागमा बनाईएको चित्र हो । विश्वमै दुर्लभ बनेको एक सिंगे गैडा चितवनमा मात्र पाईने हुँदा यस क्षेत्रमा गैडाको प्रचार व्यापक रुपमा गरको पाईन्छ । फोटो […]

सोमवार, पौष २३, २०७५

सौराहा राष्ट्रिय निकुञ्जमा घरपालुवा हात्तीलाई खानेकुरा खुवाउदै एक व्यक्ती । निकुञ्ज क्षेत्रको विकासकालागि पर्यटक र हात्तीलाई मुख्य आधार मान्न सकिन्छ । तस्वीर : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, पौष २२, २०७५

नेपालको मुख्य पर्यटकिय स्थल मध्येयमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज बन्यजन्तु आरक्षा क्षेत्र परिसरमा रहेको सौराह बजारमा पोल्न राखिएको  मासु ।  कुखुरा, हाँस, खसी, सुगुर, राँगाको मासुको सेकुवा प्राय हरेक साना ठुला होटल रेष्टुरामा पाईन्छ । […]

शुक्रवार, पौष २०, २०७५

जंगली जनावरले चर्चित बनाएको पर्यटकिय स्थल सौराहमा हात्ती द्वारा माला पहिरिदै एक विदेशी नागरिक ।  माला लगाए वापत एक पर्यटकवाट एकसय रुपैया लिने गर्दछन माउतेहरुले । सौराहमा सयौको संख्यामा निजी, सहकारी तथा सरकारी हात्तीहरु रहेका छन […]

शुक्रवार, पौष २०, २०७५