Aamsanchar

आज मत्स्य जयन्ती, यस्तो छ महत्व

Author Image
शुक्रवार, चैत १४, २०७६

शव्दले नै स्पष्ट छ, मत्स्य अर्थात माछा अनि विष्णुको माछाको अवतार अर्थात मत्स्य अवतारको पृथ्वीका पर्दापणको जयन्ती मत्स्य जयन्ती हरेक वर्षको चैत्र शुक्ल तृतियाका दिन मनाइन्छ । सत्ययूगमा ठूलो माछाको अवतारमा विण्णुको पहिलो अवतार धर्तीमा देखापरेको हो, यस माछा शत्यन्त वलवान र एउटा सिगं भएको माछा रहेको कुरा विष्णुपुराण र भविष्या पुराणमा समेत उल्लेख गरिएको छ ।

आज म थोरै यो यूगहरुको आँकडाका बारेमा ब्याख्या गर्दछु, सर्वप्रथम चाँही म यूगका आँकडालाई सापेक्षताको सिद्धान्त संग जोड्न चाहन्छु । सापेक्षताको सिद्धान्तले हरेक कुरा, समय अनि चाललाई सापेक्षीक रुपमा ब्याख्या गर्दछ । एउटा बालक प्रतिघण्टा १० किमिको दरमा फुटवल खेल्दैछ भनें फुटवलको स्पीड को आँकडा धर्तीले सूर्यलाई परिक्रमा गर्दाको स्पीडको सापेक्षमा जोखिनुपर्ने र सबैकुराहरु एउटा रिफरेन्समा राखिने कुरा हो । यस्तै यूगको आँकडापनि सापेक्षीक छ किनभनें परमात्मा तत्वका लागि समयको जोख र हाम्रो लागि समयको जोख एउटै नहुन सक्दछ । एउटा २ महिनाको औसत आयू भएको कमीलाको लागि हाम्रो एकदिन धेरै दिन हुनसक्दछ, हुनसक्छ कमिलाको जिवनभागको महत्वपूर्ण घडीहरु नै हाम्रो एकहप्ता हुन सक्दछ । समयको सापेक्षतामा श्रृष्टिकर्ता ब्रह्मतत्वको लागि पृथ्वीको एक यूग एक दिन हुने हिसाबमा यूगहरुको श्रृजना गरिएको हो, यूगचक्रले श्रृष्टि र बिनाश दुबै समाहित गर्दछ । सत्य, त्रेता, द्धापर र कली गरेर ४ यूग्हरुको ब्रह्मतत्वलाई ४ दिन हुन्छ । सत्ययूगको मत्स्य अवतारलाई डार्भिनको इभेल्यशन थियोरीसंग पनि जोड्न सकिन्छ, यूनीसेलुलर जिव बाट यूभोल्यूट हुँदै मान्छेको स्वरुपमा आएको यस थियरीले पनि एककोषिय जिवको स्वरुपमा पहिले माछा जस्तो प्राणीवाट मान्छेको उत्पति शुरु भएको देखाँउदछ । मत्स्य अवतार सत्ययूगमा पानीमा रहेर पृथ्वीको रक्ष ागर्ने अवतार भएको पाइन्छ, यस अवतारका तथ्यहरुले मान उत्पतीका अवयवहरुलाई पनि नछोएको भनें छैन ।

हायाग्रिभ नामक राक्षसबाट धर्तीको रक्षा गर्न मत्स्य अवतार को पर्दापण भएको हो, यस दिन भक्तालुहरुले व्रत लिने, पवित्र तलाउ र खोलामा स्नान गर्ने, बिष्णुसहस्त्रनामको पाठ गर्ने र जाग्राम बस्ने चलन पनि छ । सत्यूगमा श्रृष्टिको बिनाश हुन आँटेको समयमा हायाग्रिभ दैत्यले सम्पूर्ण वेद र ग्रन्थहरु चोरेर महासागरमा लुक्न गएकाले ब्रह्मतत्वले हायाग्रिभलाई त्तिा लगाउन र श्रृष्टिको चक्रलाई नरोक्न भगवान बिष्णुसंग मत्स्य अवतारको माग गरेको पाइन्छ ।

बिष्णु मन्दिरमा आज विशेष घुँईचो रहन्छ, अझ पुरुषोत्तम मास भएको वर्षमा त यसदिन अनि सम्पूर्ण महिना मै पावन तिर्थयात्रा र कृपालु तिर्थयात्रीहरुले खचाखच रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१