Aamsanchar

ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी

Author Image
शनिवार, पौष ११, २०७७

काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ ।

अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।सामुदायिक वन नजिक बस्ती नभए पनि आगोले मन्दिरसम्म भेट्न सक्ने सम्भावना भएकोले मन्दिर जोगाउ लागि परेको प्रहरीले बताएको छ । वनमा केही दिनदेखि आगलागी भैरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर