Aamsanchar

अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालक पक्राउ

Author Image
सोमवार, वैशाख २७, २०७८

धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर संचालन गरेका छन् ।

१ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले बताए । प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ । शाहलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी रानाभाटले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर