Aamsanchar

लगूऔषध हिरोईन मुद्धाका मेचीनगरका एक फरार प्रतिवादी पक्राउ

Author Image
सोमवार, वैशाख २७, २०७८

झापा । एक बर्ष अघि लगूऔषध हिरोईन मुद्धा लागेका झापा मेचीनगर–८ का हर्कबहादुर तामाङ पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतले २०७५ असार २६ गते गरेको फैसला अनुसार लागूऔषध हिरोईन मुद्दा शिर्षकमा जरिवाना फैसला भए पछि फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

तामाङलाई अदालतले तोकेको एक बर्ष कैद सजाय कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशमा प्रतिबादी तामाङको पिसिआर परिक्षण भई रिपोर्ट नेगेटिभ आए पश्चात बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाईने प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर