Aamsanchar

प्युपाले खाएर वन सखाप

Author Image
आइतवार, कार्तिक १४, २०७८

 

   

दाङ – दाङमा प्युपाले वनजङ्गलमा क्षति गरेको छ ।  घोराही उपमहानगरपालिका ११ शिवपुर क्षेत्रमा रहेका सामुदायिक वनमा असोज/कार्तिक महिनामा प्युपाले सकाएको हो । 

गएको चैत/वैशाखमा डढेलोबाट बचाएको वन अहिले प्युपाले सखाप पारेको शिवपुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता टेकन योगीले बताउनुभयो ।

उहाँका अनुसार वनमा रुख छन् तर रुखका पात प्युपाले खाएका छन् । त्यस क्षेत्रमा रहेका चारवटा सामुदायिक वनमा एक महिनादेखि ल्युकोमा सेलेसिस प्रजातिको पुतलीको प्युपाले एकानब्बे हेक्टर क्षेत्रफलका आठ हजार बढी सालका रुखका पात खाएको अनुमान छ ।

शिवपुर सामुदायिक वन उपभोक्ता  समूहका अध्यक्ष भक्त रोकाका अनुसार एक महिना अघि नै प्युपा देखिएको थियो । पुतली भनेर वास्ता नगरेको तर अहिले वन नै सखाप पारेको उहाँको गुनासो छ । 

डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सङ्घ र प्रदेशको टोलीले प्रभावित क्षेत्रमा पुगेर अनुसन्धान र क्षतिको विवरण सङ्कलन गरेर फर्किएको छ । 

सबैभन्दा बढी शिवपुर सामुदायिक वन क्षेत्रमा ६१ हेक्टर र जनज्योति, हिङाली महिला, सूर्यज्याेति सामुदायिक वनको ३० हेक्टर क्षेत्रफलमा प्रभावित पारेको छ । उपभोक्ताले विषादी राख्ने र प्युपा टिप्दै खाल्डोमा पुर्ने गरेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर