Aamsanchar

खोलामा नुहाउन गएका मेयरका छोराको डुबेर मृत्यु

Author Image
आइतवार, मंसिर ५, २०७८

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।
 
मध्यान १२ बजे खाजा खाएर खोलामा नुहाउन गएका चौधरीको दहमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिए।   खाजा खाएर बेपत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा दहमा डुबेको अवस्थामा फेला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृतकका आफन्त रबिन्द्र चौधरीले बताए।   घटनाको थप अनुसन्धान भैरहेको डिएसपि गौतमले जानकारी दिए। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर