Aamsanchar

विश्वकप फुटबलका लागि दक्षिण कोरिया छनोट, अर्जेन्टिनाद्वारा कोलम्बिया पराजित

Author Image
बुधवार, माघ १९, २०७८

काठमाण्डाै – दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो ।

दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।

यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । अर्जेन्टिनाका लोउटारो मार्टिनेजले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ ।

हारसँगै कोलम्बिया विश्वकपमा छनोट हुने सम्भावना न्युन भएको छ । अब छनोटका बाँकी खेलमा कोलम्बियाले जितेर मात्रै पुग्दैन । अरु टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर