Aamsanchar

सुनचाँदीकाे भाउ आज

Author Image
बुधवार, माघ १९, २०७८

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजिनक गरेको मूल्य अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ छ। मंगलबार प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा कारोबार भएको छ।

त्यस्तै‚ चाँदीको मूल्य अघिल्लो दिनको भन्दा प्रतितोला १५ रूपैयाँ बढेर एक हजार २५५ रूपैयाँ कायम भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९७ डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
सोमवार, वैशाख २४, २०८१
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१