Aamsanchar

‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा निधन

Author Image
बुधवार, माघ ११, २०७९

काठमाण्डाै – नेपाली भूमि संरक्षणमा सङ्घर्षरत ‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा रुपन्देहीको भैरहवा मेडिकल कलेजमा निधन भएको परिवारले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध अभियानमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर